क्षेत्री समाज नेपाल प्रथम गण्डकी प्रदेशस्तरिय भेला सम्पन्न : अधिबेशन चैत १ गते पोखरामा हुने !

गुमानसिँह भण्डारी पोखरा २०७५ माघ २५ । रष्ट्रिय अखण्डता र जातिय सदभावका निम्ति क्षेत्री एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ क्षेत्री समाज नेपाल प्रथम गण्डकी प्रदेशस्तरिय भेला सम्पन्न भएको छ ।

भेलाले डेनी बहादुर बस्नेतको संयोजकत्वमा २७ सदस्यीय गण्डकी प्रदेश प्रथम अधिबेशन आयोजक समिति गठन गरेको छ । समितिको सहसंयोजकमा पदम बहादुर कार्की, सचिवमा लक्ष्मी अधिकारी रहेका छन् ।

बागलुङ जिल्लाको प्रतिनिधित्व गर्दै बाबुराज कार्की, जीवन भण्डारी र खड्क कुमारी क्षेत्री समितिको सदस्य रहेका छन् । अधिबेशन चैत १ गते पोखरामा हुने बागलुङका सदस्य जीवन भण्डारीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.