गल्कोटको हरिचौर टेउवामा निर्माण गरिने मुर्तिकला संग्राहलयले प्रदेशको विकासमा टेवा पुग्ने – लम्साल

गुमानसिँह भण्डारी, पोखरा २०७५ माघ २५ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेश सरकारको बिकासको लागी गल्कोटको मूर्तिकलाका कृतिको संग्राहलयले महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् । गल्कोट कला प्रतिष्ठानले अन्तर्रा्ष्ट्रिय आधुनिक मूर्तिकला कार्यशार्ला गर्नका लागी तयार पारेको डिपिआर बुझ्दै प्रदेश मन्त्री लम्साललले यस्तो बताएका हुन् ।

मध्यपहाडी लोकमार्ग, ढोरपाटन, ताराखोला लगायतका सम्भावनायुक्त ठाउहरुको बिच भागमा निर्माण हुने संग्राहलयले समग्र प्रदेशको बिकासमा टेवा पुग्ने बिश्वास रहेको भन्दै मन्त्री लम्सालले यसको निर्माणको लागी प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राख्ने बताए । प्रकृतिले भरीपूर्ण रहेको गल्कोटमा कला र सस्ंकृति समेत कयौं रहेकाले यहाँको कला, सस्कृति र प्राकृतिक स्रोत, साधन प्रयोग गरेर आर्थिक उपार्जनको बाटोमा लाग्नुपर्ने मन्त्री लम्सालको भनाई थियो । समितिले तयार पारेको डिपिआर बुझ्दै मन्त्री लम्सालले कला संकृतिको संरक्षण र प्राकृतिक सम्पदाको अधिकतम प्रयोग गरेर पर्यटनको विकासमा लाग्नु पर्नेमा जोड दिए । उनले प्रशस्त धार्मिक पर्यटकीय क्षेत्रहरु रहेको गल्कोटमा धार्मिक पर्यटनको सम्भावना रहेको तर्क समेत प्रस्तुत गरेका थिए ।

गल्कोट नगरपालिका ५ हरिचौर टेउवामा आयोजना गरिने अन्तर्रा्ष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाका लागी कार्य तिब्र पारिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्ण बहादुर रानाले बताए । मूर्तिकलाका कृतिको संग्राहलय बनाउन कार्यशाला गर्न लागेको रानाको भनाई छ ।

समितिले कार्यशाला गर्न र मूर्तिकला संग्राहलयका लागि २५ रोपनी जग्गा समेत खरिद गरेको छ । समितिका सदस्य झङ्कबहादुर बस्नेतले सात रोपनी जग्गा प्रतिष्ठानलाई निःशुल्क रुपमा प्रदान गरिसकेको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *