थन्किए ई-रिक्सा, किन भएन सम्मानित अदालतबाट भएको आदेशको पालना ?

बागलुङ, २०७३ चैत ५ । बागलुङ सदरमुकाममा गुडिरहने यी (तस्बीर), ई रिक्साहरु अहिले थन्किएका छन् । दुईचार पैसा ऋणधन गरेर जीविका चलाउनका खातिर सन्चालनमा ल्याईएका यी इरिक्साहरु प्रहरीले सन्चालन गर्ने इजाजत (कानूनी प्रकृया)को प्रश्न उठाएर सन्चालनमा रोक लगाएपछि थन्किएका हुन् ।

ईरिक्साका सन्चालकहरु मध्य अधिकाँश दलित समुदायका छन् । “बिहान बेलुकी हात मुख जोड्नैका लागि हामीले ईरिक्सा सन्चालनमा ल्याएका थियौँ, तर ८/९ महिना देखी चलाउन नपाएपछी हाम्रो घरवासै उठ्ने भयो …’ उनिहरु भन्छन्, ‘बागलुङ बजारमा लाग्ने चैत दशैँको जात्रामा चलाउन पाए दुईचार पैसा जोरजाम गर्न हुन्थ्यो । तर सम्मानित अदालतबाट भएको परमादेशलाई यहाँबाट उहाँ, उहाँबाट त्यहाँ देखाउदै हामीलाई दु:ख दिने काम भएको छ ।”

स्मरणीय छ, पीडितहरु न्यायको लागि सरोकारवाला निकायहरुको ढोका घच्घचाउदा पनि रिक्सा चलाउन नपाएपछी न्यायका लागि २०७३ साल कात्तिकमा अदालत गुहार्न पुगेका थिए ।

२०७३ साल पुस २५ गते श्री उच्च अदालत पोखरा बागलुङ इजलासबाट ई रिक्सा संचालन गर्ने सम्वन्धी परेको निवेदन उपर १ महिना भित्र दर्ता गरी सन्चालन गर्ने व्यहोराको विपक्षी यातयात व्यवस्था कार्यालय बागलुङका नाउँमा परमादेशको आदेश जारी भएको थियो, तर सम्मानित अदालतबाट आदेश भएको साढे २ महिना पुग्दा पनि आदेशको कार्यान्वयन भएको छैन ।

श्रोत भन्छ, यातायात व्यवस्था कार्यालय बागलुङले इरिक्सा सन्चालनका गर्न बागलुङ नगरपालिकालाई पत्राचार गरेको छ, उता नगरपालिका, प्रमुख जिल्ला अधिकारीले इरिक्सा सन्चालन हुने रुट तोक्ने सम्वन्धमा टुंगो लगाएर सन्चालन प्रकृया अघी बढाउने भन्दै फुटबल खेलिरहेको छ ।

अन्य जिल्लाहरुमा ईरिक्सा सन्चालनमा आईरहेका छन् । तर बागलुङमा सम्मानित अदालतबाट भएको परमादेशको आदेश कार्यान्वयन हुन सकेको छैन, न यहाँ परमादेशको आदेशको पालना नगर्नेहरुलाई नै केहि हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *