वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन एक महिने ड्राइभिङ तालिम

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ माघ २४ । बागलुङ नगरपालिका ६ वाड कार्यालयको आयोजनामा युवाहरुका लागि एक महिने सिपमुलक तालिम सुरु भएको छ । वडाका वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ ५० जना युवालाई ड्राइभिङ तालिम दिन थालिएको हो ।

बानपा ६ वडा कार्यलयको २ लाख आर्थिक सहयोग तथा प्रशिक्षार्थीको करिव १ लाख ५० हजारको लगानीमा उक्त तालिम संचालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ । १ महिना सम्म संचालन गरिने तालिम बागलुङको कालीगण्डकी ड्राईभिङ इष्टिच्युटमा हुने छ ।

विहिबार तालिमको उद्घाटन गर्दै बानपा ६ का वडा अध्यक्ष खेमराज सापकोटाले अहिलेको विकास सग घुल्न सक्ने सिप सवैमा हुनु पर्ने भएकोले युवालाई लक्षीत गरि तालिमको दिन लागेको बताए । कुनै पनी सिप तथा काम सानो ठुलो नहुने भन्दै यहा सिकेको सिप लाई व्यवहारमा उतारेर युवाहरुलाई स्वरोजगार बन्न आग्रह गरे ।

वडाको यो कार्यलाई यहाका युवाहरुले सुवर्ण अवसरको रुपमा लिएका छन । वेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्य लिएर ड्राइभिङ तालिम सुरु गरेकाले खुशी लागेको सहभागी भगवान केसीले बताए । उनले तालिमबाट सिकेको सिपलाई पुर्ण रुपमा व्यवहारमा लागु गर्ने बताए ।

ड्राइभिङ तालिम वेरोजगार युवाको लागि प्रयाप्त नभए पनी केहि युवाको लागि स्वरोजगारको बाटो बन्ने सहभागीले बताएका छन् । अहिले ड्राईभिङ तालिम दिएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अरु भिन्न किसिमका तालिम संचालन गर्दै जानुपर्ने माग पनि गरेका छन् । कार्यक्रममा कालिगण्डकी ड्राईभिङ इष्टिच्युटका संचालक नारन कार्की र प्रशिक्षक मोहन केसी लगाएतले मन्त्यव्य राखेका थिए ।

इष्टिच्युटका अध्यक्ष सागर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संन्चालक रामप्रसाद घिमिरेले गरेका थिए ।

घ ब्ततबअजmभलतक

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.