पठन संस्कृतिको विकासमा बहस गरौ कि ?

याम बहादुर थापा मगर

पृष्ठभुमि

अध्ययनलाई आजीवन सिकाइको रुपमा लिने र शिक्षालाई निरन्तर रुपमा बाँडी रहन खोज्ने परिपाटीको विकास राजनीति शास्त्र र शिक्षा शास्त्रमा बढी मात्रामा पाइन्छ । अध्यारो भविष्यको चावीलाई खोली समृद्ध भविष्य निर्माणमा गोरेटो खन्न निरन्तर लागि पर्ने संस्कृति विकास गर्नका लागि अध्ययन संस्कृति वा पठन संस्कृतिको विकास र निर्माणमा लागि पर्नु नै आधुनिक र सुचना तथा प्रविधि मैत्री जगतको आवश्यकता रहेको छ । सकारात्मक सोच तथा उत्प्रेरणाका शैलीहरुलाई आकलन गर्दा सुखी र समृद्धी नेपालीको सोचलाई सार्थकता प्रदान गर्नका लागि अब्बल दर्जाको नागरिक निर्माण गर्नका लागि पठन संस्कृतिको विकासमा टेवा पुरयाउन जरुरी भएको छ । विद्या विनाको मानिस पशु सरह हुन्छ भन्ने संस्कृत भाषामा उल्लेखनीय भनाइ रहेको छ । नेपाली परिवेशमा भाषा, जात जाति, भौगोलिक परिेवेश, राजनैतिक परिवेश लगायतका आधारमा अध्ययन सस्कृतिलाई अवम्लवन गरेको पाउन सकिन्छ । प्रजा, जनता, रैतीको शासनकालमा हुने पठन संस्कृति र गणतान्त्रीक शासनको नागरिक युगको एक्काइसौ शताब्दीको सार संक्षेपमा पठन संस्कृतिलाई बढावा गर्ने क्रियाकलाप, कार्यशैली, सोच विकास तथा सकारात्मक बहस निर्माण गर्नमा सहयोग पुग्ने हिसाबले आलेख तयार पार्ने काम भएको छ । प्रस्तुत आलेखलाई सार्थक रुपमा उपलब्धीमुलक र औचित्यपूर्ण बनाउनका लागि हरेक समुदायका मानिसहरुकोे सोच र विचारमा भर पर्ने छ ।

अध्ययन संस्कृतिको बहस

किन पढ्ने र शिक्षालाई उपयोग गर्ने अवसरको अभावमा नाजवाफ हुँदा कतै कुहिरोमा रुमलिएको काग झै भएको पाउन सकिन्छ । अध्ययनको उद्धेश्य र लक्ष्यले मेल नखादा बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा विद्यालय र विश्वविद्यालयलाई अथ्र्याउने गरेका पुराना टिका टिप्पणी पाउन सकिन्छ । अध्ययन पछिको दृष्टिकोण र सोचमा आउने परिर्वतनले व्यक्ति र समाजको जिवनशैलीलाई उन्नत प्रवृत्तिको बनाएको छ कि छैनन भन्ने मापन गर्ने भावी सन्ततीले गर्ने हो । विना तुकका बहस र पैरवीले समाजलाई धरासायी बनाएको अत्तोपत्तो छैन तर मुखमा राम राम बगलीमा छुरा भन्ने परिपाटीको बहसले सत्यनाशको अवस्थामा पुग्नु भन्दा अगाडी अध्ययन संस्कृतिको बहस सकारात्मक सोचले गर्न हामी पछाडी नपरौ ।

बहसले बस्तीमा सोच र अब्बल जिवनशैलीको आरम्भको थालनी गरी बहकाउ शैलीलाई निर्दिष्ट दिशा निर्देश गर्ने सोच विकास हुनु पर्दछ । बहस र छलफल बिनाको निर्णय र योजनाले अध्ययनलाई बढावा दिइदैन । त्यसैले आफुले अपनाएको लोकतान्त्रिक शैलीलाई अध्ययन संस्कृतिको विकास र वहसमा लागु गरेमा पक्कै उर्जायुक्त जनशक्ति निर्माणमा टेवा पुग्ने देखिन्छ ।

पठन संस्कृतिका आधारहरु

विकासको मुल पक्ष दक्ष जनशक्ति निर्माण गर्नु हो । आम रुपमा पठन संस्कृतिको विकास र विस्तार गरी जनशक्ति अब्बल बनाउनु हो । भारतीय राष्ट्रपति अब्दुल जे कलामले सपना यस्तो देख्नुहोस जसले तपाईलाई सुत्न नदेओस भनेका थिए । ताकी सपनाले मानिसको प्रगती र विकास गर्नमा हरपल लागी पर्नु पर्दछ ।
मानिसले प्राय सबैले फोटो खिचेको हुन्छ । तर जिवनलाई परिर्वतन गर्ने फोटो कम खिचेका हुन्छन । प्रत्येक व्यक्तिले अध्ययन गर्न लागेको फोटो, पुस्तकालयमा गई पढ्न लागेको फोटो खिची फेसबुकमा अपलोड गर्ने ताकी फोटो खिच्ने अभियानले प्रत्येक नागरिकका लागि मनोवैज्ञानिक रुपमा जागरण ल्याइ अध्ययन संस्कृतिको विकासमा सानो कदमको काम गर्ने छ ।

जिवनमा लक्ष्य र उद्धेश्य प्राप्तीका लागि पागल हुनु पर्ने तरिका सुनाउछन् । पागलको अर्थ पा ¥ पाउनको लागि ( लक्ष्य प्राप्तको लागि ) , ग ¥ गतिशिल भएर , ल ¥ लगनशिल भएर सफलता उन्मुख जीवन यापन गर्नका लागि पठन संस्कृतिको आधारमा हुनुपर्दछ ।

जीवनशैली दया लाग्दो नभै डाह लाग्दो जिवनशैली यापनको लागि पठन संस्कृतीको आधार मुख्य रुपमा तय गर्नु पर्दछ । कुलत, कुरीति, कुसंस्कार, कुचलनका विरुद्धमा लागि पर्न बलियो हतियार पनि अध्ययन संस्कृतिको विकास र विस्तार नै आधार हो ।

स्थायी साथीको रुपमा पुस्तकलाई बनाउनु पर्ने संस्कृतीको विकास गर्ने शैली अपनाउनु पर्ने हुन्छ । धोका धढी नदिई सधै साथ र सहयोग दिई असल र सदमार्गमा हिडाउन सहयोग गर्ने आजीवन स्थायी साथी किताब बनाउने संस्कृतिको विकास गर्नमा लागि पर्नुपर्दछ । जन्मदिन, नयाँ वर्ष, विजयादशमी, शुभदिपावली, हरितालिका तिज, विवाह उत्सवमा पनि पुस्तकलाई उपहार दिने चालचलनको विकास गरेमा पक्कै पनि असल संस्कारको विकास हुन्छ ।

मानिसले अध्ययन गर्नुपर्ने विषय अनेक हुन्छ । शिक्षाशास्त्रमा स्नातकोत्तर हासिल गरे पनि उसले राजनीतिशास्त्र, अर्थशास्त्र, व्यवस्थापन संकाय, स्वास्थ्य शिक्षा, कानुनी शिक्षा, विश्व इतिहास, सुचना प्रविधि, मानव अधिकार, युवा अधिकार, दलित अधिकार, बालबालिका अधिकार, जनसख्या शिक्षा, नागरिक सचेतना र अधिकार, पर्यटन शिक्षा, पत्रकारिता शिक्षा, साहित्यका विषयमा स्वअध्ययन गरि अध्ययनको दायरालाई फराकिलो र गहनता प्रदान गर्ने काम स्वयंमा भर पर्दछ । व्यक्तित्व विकास गरी अब्बल दर्जाको जिवन यापन अपनाउने गतिमा पुग्नका लागि पठन संस्कृतिको औपचारिक तथा अनौपचारिक रुपमा लागि निरन्तर लागि रहनुको विकल्प छैन ।

ज्ञानको भण्डारलाई बढाउन, सोचलाई शक्तिमा बदल्नको लागि पठन संस्कृतिलाई अबलम्बन गर्नु नै पर्दछ । सुन्ने किताब, पढ्ने किताब, हेर्ने किताब र देख्ने किताब मध्ये जुन किताब आफनो लागि उपयुक्त हुन्छ त्यसैलाई अवलम्बन्न गरी व्यक्तिगत पुस्तकालय बनाउनमा ध्यान केन्द्रित गर्नुपर्दछ । अहिले मोबाइलले लगभग पढ्ने, सुन्ने, हेर्ने सबै कितावलाई भण्डारण गर्न सक्दछ । तर मोबाइलमा गित, फिल्मले मात्र मेमोरी भरेको पाउन सकिन्छ । गित नसुन्ने, फिल्ल नहेर्ने होइन कि छनौट गरी असल सन्देश बोकेका गित, संगीत र फिल्म हेरी बाँकी रहेको मेमोरीमा अडियो बुक,भिडियो बुक,इबुकहरुले भरी पठन संस्कृतिलाई टेवा दिने खालको आधार निर्माणमा लाग्नुपर्दछ ।

बाल क्लब, विद्यार्थी संगठन, आमा समुह, बन समुह, शिक्षक संघ सगठन, कर्मचारी संगठन, प्राध्यापक संगठन लगायतका थुप्रै संघ सगठन छन् । तर बाबा संगठन नभए जस्तै पठन संस्कृति, अध्ययन संस्कृति समुह भेटाउन बहुत गाह्रो छ । थुप्रै सस्थाहरुको सख्यामा अबका दिनमा अध्ययन संस्कृतिलाई विकास गर्नका लागि साना साना समुह देखि जिल्ला प्रदेश हुदै राष्ट्रिय स्तरमा लैजानु पर्दछ ।

फेरी विद्यालय,विश्वविद्यालय,शैक्षिक कार्यालयहरु निरन्तर लागि परेका छन् किन चाहियो भन्ने होइन । अपनत्व हासिल गर्न, रवि नपुग्ने स्थानमा कवि पुग्छन भने झै भुलचुकका अभियानमा अनौपचारीक साथ र सहयोग दिलाउन पठन संस्कृतिको अभियान निरन्तर रुपमा जरुरी भएको छ ।

देशका कर्णधारहरुलाई कर्णभार हुनबाट रोक्नका लागि समेत पठन संस्कृतिले सहयोग गर्दछ । विद्यालयमा पढ्ने कविता,कथा,निबन्ध,जिवनी,उपन्यास नमुनाका रुपमा रहेका छन् । अब थप अरु थुप्रै कविता,गित,जिवनी खोजी खोजी साहित्यकार,राजनीतिकर्मी,नागरिक अभियन्ताहरुको विश्व व्यापी अध्ययन जसले स्वत स्वर्फुत जसले गर्दछ सो व्यक्ति नै समाजका अगाडी अब्बल र दक्ष जनशक्ति भै हरेक क्षेत्रमा पहुँच राख्न सक्ने सफल व्यक्ति बन्न सक्दछ । जसले संजाललाई सबलीकरण र शसक्त बनाउँछ र तार्किक विश्लेषणले ओतप्रोत हुन्छ उहि मानिसको व्यक्तित्वको धनी कहलिन्छ ।

अध्ययनका बाधकहरु

अध्ययन नगरी सफलता हासिल गर्न सकिदैन भन्ने थाहा भएपनि मानिस अध्ययनका पक्षमा पछाडी पर्दछ । सार्थक भविष्यको योजना बुन्दैन, थाहा पाएको छु अब भोलिबाट शुरुवात गर्ने हो भनी जय भोलिको अन्धभक्तले मानिसलाई जालोमा पारेको हुन्छ । मानिसको ढिला बुद्धि बंगारा आउँछ । त्यही बेला मानिसको बुद्धि पनि पलाउँछ भन्छन् । तर बुद्धि बंगारा आउँदा बुद्धि पलाउदा धेरै ढिला भएको हुन्छ । बुद्धि बंगारा ढिला आउँछ तर छिटो किरा लागेर जाने गर्दछ । मानिसको हकमा बुद्धि बंगारा पलाउँदा बुद्धिले प्रगती र उन्नतीको काम समाजमा देखाइ सक्नु पर्दछ । त्यसैले समयमा नै अध्ययन र पठन संस्कृतिका बाधकहरुको पहिचान गरी तिनलाई पन्छाउदै समुन्नत भविष्यका लागि अध्ययनका पाइलाहरुलाई आत्मसात गर्नु पर्दछ । अध्ययन गर्दाको समयमा पैसा नभएर अध्ययन नगरेको, बाबा आमाले राम्रो सहयोग नगरेको, साथीभाईले राम्रो सँग अध्ययन नगरेकोले नपढेको जस्ता बहानाबाजी गर्ने गरेको पाउन सकिन्छ । अध्ययन गरेपछि फाइदा आफुलाई मात्र हुन्छ भनी सामान्य बुझाइको कमीले पठन संस्कृतीको विकासमा टेवा पुग्न नसकेको हो ।

राजनीतिक अस्थीरताका कारण, सामाजिक उत्पीडन, भाषिक अर्कमन्यता, सांस्कृतिक विचलन, अन्याय र अत्याचारको श्रङखलामा तडपिइ रहेको अवस्थाबाट मुक्ति पाउनको लागि अध्ययनका बाधकहरुलाई हटाउन कटिबद्ध हुन जरुरी छ । मानिसलाई राजनैतिक अधिकारको प्रयोग गर्दा अमूल्य मतदानलाई दुरुपयोग गरेको पाउन सकिन्छ । गलत र ठिक के हो भनी विश्लेषण र तर्क वितर्क गर्न अध्ययनको दायरालाई फराकिलो बनाउनु पर्दछ ।

अध्ययनका बाधकहरुलाई आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक, मनोवैज्ञानिक सबै पक्षबाट चिरफार गर्दा निष्कर्षमा बाधकहरुको पहाड र हिमाल जस्तै बनेको पाउन सकिन्छ । त्यसलाई सुक्ष्म ढगले चिरफार गर्ने अभियानमा लाग्न बहसको थालनी टोल बस्तीमा गर्न जरुरी भएको छ ।

अन्तमा

वैदेशिक रोजगारको बढ्दो निर्भरताले युवा जमातमा पठन संस्कृतिको विकासमा आघात पुगेको छ । युवा युवतीहरुमा ज्ञानको लागि अध्ययन गर्ने परिपाटीको विकास धेरै कम मात्रामा पाइन्छ । रोजगारीको लागि पढ्ने र रोजगारी पाइ सके पछि अध्ययनको क्रमलाई भंग गर्ने परिपाटीले सस्थागत विकास गरेको छ । अध्ययन गरेको सिको गर्ने चलन चल्तीको विकास कम छ, कुलतको सिको छिटो गर्ने तर कुलत विरुद्ध लाग्ने र समृद्धी आगमन गर्ने पठन संस्कृतिको अनुशरण किन नगर्ने भनी टोल टोलमा बहस गराउनु पर्ने अभियान थालनी गर्नुपर्ने छ । आम जगतका लागि भरोसा लाग्ने र भावी सन्ततीका लागि पर्ने प्रशसां योग्य र तारिफ योग्य कर्मशिल कार्यमा लागौ, जुटौ,उठौ,अगाडी बढौ भन्नमा पनि निकै ढिला भएको हो कि भन्ने अनुभुति भएको छ । आशा एव विश्वास छ कि यो आलेख अध्ययन गरी सके पछि थुप्रै सृजर्नाका प्रतिक्रिया,गित,निबन्ध,अनुशिक्षण,बहस,टिका टिप्पणीले ओत प्रोत हुने छ । लेखलाई अझ परिष्कृत गरी प्रभावकारी बनाउने काम तपाईको पनि हो ।

बागलुङ नगरपालिका १० भकुण्डे
हाल तमानखोला गाउँपालिका,बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.