निर्माण व्यवसायी संघ बागलुङको ५ औं अधिवेशन फागुन २४ गते बागलुङ सदरमुकाममा हुने !

बागलुङ २०७५ माघ २३ । निर्माण व्यवसायी संघ बागलुङको १२ औं साधारणसभा तथा ५ औं अधिवेशन फागुन २४ र २५ गते बागलुङ बजारमा हुने भएको छ । संघको आज सम्पन्न बैठकले अधिवेशन फागुनमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघको अधिवेशनको सम्पूर्ण काम गर्नका लागि संघका निवर्तमान अध्यक्ष प्रकाश आचार्यको संयोजकत्वमा उपसमिति र विधान बमोजिम सदस्यता नविकरण, सदस्यता शुल्क, अतिरिक्त शुल्क संकलन गरी अधिवेशनको आर्थिक संयोजनको जिम्मा संघका सदस्य लोकेन्द्र केसीको संयोजकत्वमा उपसमिति गठन गरिएको संघले जनाएको छ ।

संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा बसेको बैठकले निर्माण व्यवसायी संघ बागलुङमा २०७५ फागुन ११ गतेसम्म नवीकरण गरेका निर्माण व्यवसायीहरुलाई अधिवेशनमा सहभागी गराउने निर्णय गरिएको संघका सदस्य लोकेन्द्र केसीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.