काठेखोला गाउपालिकाको बैठक पार्टी प्यालेसमा : तीन वडाध्यक्षव्दारा बैठक बहिष्कार !

भरत सापकोटा, बागलुङ २०७५ माघ २३ । काठेखोला गाउपालिकाको बैठक बागलुङ सदरमुकाम स्थित एक पार्टी प्यालेसमा आयोजना गरेकोमा ३ जना वडाध्यक्षहरुव्दारा बैठक बहिष्कार गरेका छन् । गाउपालिकाको बैठक बहिष्कार गर्ने वडाध्यक्षहरुमा नेपाली काँग्रेसबाट निर्वाचित वडा नं १, ४ र ५ कावडाहरु अध्यक्षहरु क्रमश खड्ग थापा, केशव थापा र शिव कँडेल रहेका छन् ।

उनिहरुले गाउपालिकाका जनतासंग उठाएको करको पैसाले बागलुङ बजारका महंगा होटलहरुमा बैठक बस्नु रकमको दुरुपयोग भएको बताउदै ८ वडाहरुबाकट बनेको काठेखोला गाउपालिकाको कुनै वडामा बैठक आयोजना गर्नु पर्ने बताएकाछन् ।

बहिष्कारका सम्वन्धमा काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापासंग प्रश्न गर्दा उनले कसैले बहिष्कार गर्ने कसैले भाग लिने यो स्वभाविक प्रक्रिया भएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *