बडीगाड क्षेत्रको सम्वृद्धिका लागी संभावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम वामी टक्सारमा सुरु !

कमल पौडेल वामीटक्सार गुल्मी २०७५ माघ २३ । मुसिकोट नगरपालिकाको आयोजनामा वामीटक्सारमा बडीगाड क्षेत्रको सम्वृद्धिका लागी संभावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमसुरु भएको छ ।

बडीगाड क्षेत्रका ६ स्थानियतहका प्रमुख, उपप्रमुख सहित कार्यपालिकाका सदस्यहरुको सहभागितामा साझा सरोकारका विषयहरु पहिचान गर्ने र कार्यान्वयनको लागी पहल कदमी लिने गरि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा गुल्मी जिल्लाको उत्तर पूर्व र बागलुङ जिल्लाका पश्चिम क्षेत्रका सत्यवती, चन्द्रकोट, मुसिकोट, गल्कोट, बडीगाड र ढोरपाटन नगरपालिका तथा गाउँपालिकाको सहभागिता रहेको छ।

भोलि बिहीबार सम्म चल्ने सो अन्तरक्रियावाट बडीगाड घोषणापत्र जारी गरिने श्रोतको दाबी छ । बडीगाड क्षेत्रमा गर्न सकिने साझा लगानीमा आर्थिक विकासतर्फ जलविद्युत आयोजना, खानीउद्योग, रयाफ्टिङ, लगाएत सामाजिक विकास, पुर्वाधार र पर्यटन विकास, बडीगाड पर्यटकीय सर्किटको अवधारणा, वनबातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनको विषयमा छलफल भैरहेको छ ।

यस क्षेत्रको संभावना र चुनौती पहिचान गरि सवैले लाभलिई सम्वृद्धि हासिल हुने विश्वास सहित कार्यक्रम सुरु भएको हो । यसैविच कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य खड्क केसीले सामुहिक प्रयासवाट स्पष्टमार्ग पहिल्याइ गरिने विकासले मात्रै सम्वृद्धि ल्याउने वताए । छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै साझा समस्या पहिचान गरि, योजनावद्ध ढंगले दिर्घकालिन योजना सुरुवात गर्नुपर्ने वताए । प्राकृतिक रुपमा सक्षम रहेको यस क्षेत्र विकासको हिसावले पछिपरेको भन्दै सांसद केसीले एकिकृत योजना वनाएर लाग्न आग्रह समेत गरे ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, चन्द्रकोट गाउँपालिकाका दोर्ण खत्री, सत्यवती गाउँपालिकाका प्रमुख पारश्वर ढकाल सहितको टोलीले विभिन्न समुहमा रहेर छलफल गरिरहेको छ ।

यस क्षेत्रमै पहिलो पटक एकै क्षेत्रका स्थानियतह सामुहिक समस्या पहिचानको लागी अन्तरक्रियामा सहभागी भएका हुन् ।

कार्यक्रममा आयोजक मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रम नगरप्रमुख सापकोटाको अध्यक्षता, वडाअध्यक्ष तथा कार्यक्रमका संयोजक नारायण सापकोटाको स्वागत मन्तव्य तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.