बुर्तिबाङमा एमाले क्षेत्रिय समितीको बैठक : १३ सदस्यीय सचिवालय गठन !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ चैत ५ । नेकपा एमाले बागलुङ क्षेत्र नँ ३ को क्षेत्रिय समितिको दोश्रो बैठक शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ । बैठकले क्षेत्रिय अध्यक्ष उमेश बुढाको अध्यक्षतामा १३ सदस्यिय क्षेत्रिय सचिवालय समिती गठन गरिएको छ ।

सचिवालय समितिको सदस्यहरुमा उपाध्यक्ष दिपक रायमाझी, सचिब बेद प्रसाद शर्मा, उपसचिब ढालेन्द्र पुन, घनश्याम शर्मा, डोर बहादुर सुनार, रुपा पौडेल, दिनेश शर्मा, सुशिला थापा, रोजमहम्मद मिया लगाएत रहेका छन् ।

त्यस्तै बैठकले कार्य सम्पादनलाई सहजता तुल्याउनका निम्ती तथा आगामि निर्वाचनका लागि सबै भुगोलबाट प्रस्तावित उमेदवारका नामहरु सिफरीस गर्नका निम्ती कार्यविभाजन गरीएको छ । सँगठन निर्माणका निम्ती अध्यक्ष उमेश बुढा र सचिब बेद प्रसाद शर्मालाई जिम्मेवारी दिईएको छ ।
जनसँगठन निर्माणका निम्ती समेत जिम्मेवारी बाँडफाँड गरीएको छ । जसमा बिद्यार्र्थी तथा युवाको जिम्मेवारी उपाध्यक्ष दिपक रायमाझी र उपसचिब ढालेन्द्र पुनलाई दिईएको छ ।

महिला तर्फको जिम्मेवारी रुपा पौडेल र उषा घिमिरे, आर्थिक संयोजकमा घनश्याम शर्मा, प्रचार प्रसार एवम सञ्चार तर्फ दिनेश शर्मालाई जिम्मेवारी दिईएको छ ।

२२ गते सम्पन्न क्षेत्रिय अधिबेशनको आय ब्याय बिवरण आयोजक कमिटीका आर्थिक संयोजक रितुवर्ण पौडेलले सार्वजनिक गरेका थिए ।
कार्यसचिब बेद प्रसाद शर्माले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.