समाजसेवी श्रीव्दारा जनता माबि पैँयुथन्थापमा रु ५१ हजार बढीको अक्षयकोष स्थापना !

कुस्मीसेरा बागलुङ २०७५ माघ २२ । जैमिनी नगरपालिका ९ पैयुँथन्थाप पोखरीबारी स्थित जनता माध्यमिक बिद्यालयले आफ्नो ५४ औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । बिद्यालयका पूर्व बिद्यार्थी तथा जैमिनी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत इश्वरी प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेकाे वार्षिकोत्सव समारोहका विशिष्ट अतिथी समाजसेवी लक्ष्मण श्रीले आफुले अध्ययन गरेको जनता माध्यमिक बिद्यालयको वार्षिकोत्सव कार्यक्रमको मुख्य समारोहमा आफ्नी ममतामयी माताको नाममा रु ५१ हजार १ सय ११ रुपयाँको अक्षयकोष स्थापना गर्ने उद्घोष गरेका छन् । उनले यस कोषलाई भविष्यमा बृद्धि गर्दै लैजाने बचनबद्धता समेत व्यक्त गरे ।

बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै समाजसेवी श्रीले शिक्षा परिवर्र्तनको ज्योति भएकोले शिक्षा बिना मानिसको जीवन अधुरो हुन्छ त्यसर्थ शिक्षाको विकासमा सबै लाग्नुपर्ने बताए ।

उनले वर्तमानमा सामाजिक बिद्यालयले जुन समस्या र चुनौतीको सामना गरि सीमित साधन श्रोत भित्र अरुसंग प्रतिष्पर्धा गरेर अगाडी बढ्नु पर्ने वाध्ययात्मक अवस्था छ ्र यो अवस्थामा नेपाल सरकारले सामाजिक बिद्यालयमा लगानी वृद्धि गर्नुपर्ने बताए ।

समाजसेवी श्रीले, आफुले पढेको यस जनता माध्यमिक बिद्यालयको ५४औ बार्षिकोत्सव मूल समारोह कार्यक्रममा बिशिष्ट अतिथीको निमन्त्रणा गर्ने आदरणीय गुरुहरु प्रति शिरनुगाई सम्मान र व्यवस्थापन समितिलाई हार्दिक धन्यवाद समेत व्यक्त गरे ।

उनले यस बिद्यालयको भौतिक र शैक्षिक उन्नतिको लागि सदैब आफ्नो क्षमता अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँबाट असल बिद्यार्थी र सर्वोच्च निकायमा पुग्ने सक्षम व्यक्ति उत्पादन गर्न सकोस भन्दै हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

स्थानीय स्रोत केन्द्रबाट संचालित बिभिन्न बिद्यालय को हाजिर जवाफ प्रतियोगिता हिज्जे, भलिबल प्रतियोगिता भएको थियो । मूल समारोहमा व्यवस्थापन समितिका अधक्ष्य दिपेन्द्र थापाको अध्यक्षता शिक्षक समेत रहेका कुल प्रसाद पौडेलको संचालन बिद्यार्थी मिलन नेपालीको स्वागत रहेको थियो ।

कार्यक्रममा नेपाल कम्न्युस्ट पार्टी ४ नम्बर प्रदेश क सदस्य जैमिनी नगरपालिका सदस्य लाल बहादुर परियार प्रधानाध्यापक देवी प्रसाद शर्मा सुबेदी, टुकनाथ शर्मा शिक्षक चन्द्रकान्त शर्मा स्रोत केन्द्रका यम प्रसाद शर्मा लगायतका व्यक्ति हरुले सुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.