धौलागिरी बहुमुखी क्याम्पसको ५६ औं वार्षिकोत्सव : दोश्रो दिनको आकर्षण फुटबल प्रतियोगिता !

सुमन जि.सी. बागलुङ, २०७५ माघ २२ । धौलागिरी अञ्चलकै एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसले आफ्नो ५६ औं वार्षिकोत्सव समारोह सप्ताहाव्यापी रुपमा मनाईरहेको छ ।

सोमवारदेखि सुरु भएको सप्ताहाव्यापी कार्यक्रम अन्तर्गतको पहिलो दिन धौलागिरी अञ्चल अस्पातालमा रहेको २२ जना विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको थियो । वार्षिकोत्सवको दोश्रो दिन आज कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको अन्तर कलेजस्तरीय पुरुष फुटबल प्रतियोगिताको सुरुवात भएको छ ।

धौलागिरी बहुमुखी क्याम्पस (ब) र भिमसेन उच्च मावि विच भएको फुटबल प्रतियोगिताको उद्घाट्न खेल धौलागिरी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापती एवं बागलुङ नगरपालीकाका उपप्रमुख सुरेन्द्र खड्काले उद्घाटन गर्दैै प्रमुख अतिथी खड्काले सबै तरहले मानिसहरु स्वस्थ रहने माध्यम खेलकुद भएको बताए । वर्तमान परिस्थितीमा मानिसहरुको जीवनशैली, रहनसहन र खानपानमा ठुलो परिवर्तन आएको भन्दै खड्काले मानिसहरु शारीरिक र मानसिक रुपमा स्वस्थ रहनुपर्ने धारण राखे ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष एवं काठेखोला गाउँपालीकाका वडा नं. १ का वडा अध्यक्ष खड्क थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम क्यापस प्रमुख डा. रामप्रसाद उपाध्यायको अध्यक्षता, स्वतन्त्र विद्यार्थी युनीयन धौलागिरी क्याम्पसका सदस्य एवं फुटबल कार्यक्रमका संयोजक हरिवहादुर भण्डारी (रमेश) को स्वागत र नेविसंघ धौलागीरी बहुमुखी क्याम्पसका ईकाई सचिव सुदीप सागर क“डेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

उद्घाटन खेल भिमसेन उच्च माविले आफ्नो पोल्टोमा पारेको छ । निर्धारित समयमा दुबै टिमको १÷१ गोल भएपछी पेनाल्टी सुटआउटमा लगिएको खेलमा भिमसेन उच्च माविको ४ र धौलागिरी बहुमुखी क्याम्पस (बी) को २ गोल भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *