नेपालमा सरकारी रवैयाको विरोधमा जनसम्पर्क समितिव्दारा ब्रसेल्स स्थित राजदूूतावास मार्फत ज्ञापन पत्र !

ब्रसेल्स, बेल्जियम २०७५ माघ २२ । नेपालमा सरकारी रवैयाको विरोधमा नेपाली काँग्रेसले देशव्यापी विरोध प्रारम्भ गरेसँगै विदेशमा रहेका उसका शुुभेच्छुक सँगठनहरु पनि विरोधमा उत्रिएका छन् ।

सँवैधानिक निकायमा पार्टीकरण, वाइडवडी, ३३ किलो सुुन काण्ड लगायतका भ्रष्टाचार एवँ निर्मला पन्तका हत्यारालाई कारवाहीका साथै अन्य समसामयिक विषयबस्तु प्रति ध्यानाकार्षण गराउदै बेल्जियमस्थित सुुवास गुुरुडको नेतृत्वमा रहेको जनसम्पर्क समितिले ब्रसेल्स स्थित राजदूूतावास मार्फत नौ बुुदे ज्ञापन पत्र बुुझाएको छ ।

राजदूूत लोक बहादुुर थापालाई उक्त ज्ञापन पत्र हस्तान्तरण गर्न अध्यक्ष गुुरुड.को नेतृत्वमा महासचिव अनुुजा प्रधान तथा अन्य पदाधिकारी सदस्य एवँ यूूरोप जसस महामन्त्री गँगाधर गौतमको उपस्थिति थियो ।

स्मरण रहोस् बेल्जियममा २ समानान्तर जसस सक्रिय छन् । गुुरुड. नेतृत्व सँस्थापन र सीता सापकोटा नेतृत्व रामचन्द्र पौडेल निकट मानिन्छन ।

ज्ञापन पत्रको पूर्ण पाठ:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.