खानेपानीकोे उद्घाटन गर्दै सासंद श्रेष्ठले भने- ‘अबको तीन बर्षमा प्रत्येकको घरघरमा खानेपानी ’

कौरव खत्री, गुल्मी २०७५ माघ २२ । मुसिकोट नगरपालिका १ मा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । १ सय ६९ घरधुरीलाइ एक घर एक धाराको अभियानमा जोड्ने गरी सो योजनाको प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद््घाटन पछि बोल्दै सासंद श्रेष्ठले प्रदेश सरकारले अबको तीन बर्ष भित्रमा प्रत्येक प्रदेशबासीको घरघरमा खानेपानी पुर्याउने उद्घोष गरे । खानेपानीको व्यवस्थापन सँगै प्रदेशमा अन्य धेरै बिकासका कामहरु सुरु भइरहेको भन्दै उनले खानेपानीको सदुपयोग गर्न आग्रह गरे । उनले पुराना मुलहरुलाइ सुक्न नदिन आग्रह गर्दै खानेपानीका मुल तथा अन्य प्राकृतिक श्रोतको सदुपयोगमा ध्यान दिन सबैलाइ आग्रह गरे ।

कार्यक्रममा बोल्दै बिशेष अतिथि प्रदेश सभा सदस्य खड्ग केसीले अबकोे समय राजनैतिक लडाइमा भन्दा पनि बिकासका लडाइमा लाग्ने समय आएको बताए । नेपालको भौगोलिक बनावटले गर्दा पनि बिकासका कामहरु गर्न केही असहज भइरहेको भन्दै उनले सबै मिलेर देश निर्माणमा जुट्नुपर्ने दिन आएको बताए ।

उनले फरक प्रसँगमा पहिलेका पुर्खाहरु निकै बैज्ञानिक भएको भन्दै उनीहरुले बनाएका पानी पौवा, पोखरी हरुको संरक्षण आवश्यक रहेको बताए । अब तीन वटै सरकार मिलेर देश बिकास गर्नुपर्ने उनको भनाइ छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोेटाले बिस्तारै नगरक्षेत्र भित्रका हरेक घरघरमा पानी पुर्याउने गरी कामहरु भइरहेको जानकारी दिदै बिकासका अन्य कामहरु प्नि सञ्चालन गरीरहेको जानकारी दिए ।

सो अवसरमा नेपाली काँग्रेस जिल्ला सचिब बिष्णु कुमारी सापकोटा, फिनल्याण्ड सरकारको तर्फबाट खानेपानी आयोजनाका प्रमुख प्राविधिक सल्लाहकार डा. सान्ना लीना राउटेनन लगायतले बोलेका थिए ।

उद्घाटन कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता रहेको थियो भने प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ, प्रदेशसभा सदस्य खड्ग केसी, मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो । भने सञ्चालन खानेपानी आयोजना उपभोक्ता समितिका सचिब देवेन्द्र गुरुङ्गले गरेका थिए ।

मँगलबार उद्घाटन भएको खानेपानी आयोजनाले वडा कार्यालय, तीन बिद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी सहित १ सय ६९ परिवारलाइ लाभान्वित गराउनेछ । पश्चिमनेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण अन्तर्गत नेपाल सरकार र फिनल्याण्ड सरकारद्धारा संयुक्त रुपमा सो खानेपानी आयोजना सम्पन्न गरीएको हो । नेपाल सरकारको ५० लाख १४ हजार १ सय ३९ तथा फिनल्याण्ड सरकारको ५० लाख १४ हजार १ सय ३९ रुपैया, मुसिकोट नगरपालिकाको अनुदान १३ लाख ९२ हजार ८ सय १६ तथा २५ लाख ७ हजार ६९ स्थानीय उपभोक्ताको नगद तथा जनश्रमदान गरी कुल १ करोड ३९ लाख २८ हजार १ सय ६४ को लागतमा सो कार्यक्रम सम्पन्न गरीएकोे हो ।

सोमबार मात्रै मुसिकोट २ देउरालीमा १९६ घरधुरीलाइ खानेपानीको पहुँच पुर्याउने गरी जलकुने सौरपाटा खानेपानी आयोजनाको पनि सासंद श्रेष्ठ सहितको टोलीले उद्घाटन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.