प्रेमिल गजल

जुनिजुनी तिम्लाई माया गर्न पाऊँ म प्रिय ।
तिम्लाई पनी सँधै म मन पर्न पाऊँ म प्रिय।।

हाम्रो माया सफल पारौँ लगन जुराई अव ।
यी हातले सिउँदो तिम्रो भर्न पाऊँ म प्रिय।

हरपल खुशी दिलाउन पाऊँ हर्न दुख तिम्रो।
ती अदरमा हाँसो खुशी छर्न पाउँ म प्रिय।।

नरसाउनु आँखा कैल्यै गाजल पखालिन्छ।
वरु आँसु वनी आँफै झर्न पाउँ म प्रिय।।

तिम्रै काखमा रमाएर हात तिम्र्रै समाएर।
तिमी सँगै वाँच्न अनि मर्न पाऊँ म प्रिय।।

निर्मल पौडेल एन.पी. घायल
कुस्मा पर्वत।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.