अग्नि पीडित दमाईलाई लायन्स क्लब अफ गलकोट सिटीको सहयोग !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ माघ २० । लायन्स क्लव अफ गलकोट सिटीले एक कार्यक्रमका बिच गल्कोट नगरपालिका वडा नं ९ रिश्मीका अग्नि पीडित धनसिँह दमाईलाई राहत वितरण गरेको छ । गत बुधबार बिहान खाना पकाएर घर नजिकै मोटरवाटो खनिरहेको हेर्न गएको समयमा दमाईको घरमा आगलागी भएको थियो ।

अग्नि पीडित दमाईलाई ३ बोरा चामल, ३ प्याक चाउचाउ, १ कार्टुन तेल दाल नुन सोयाविन लगायतका करिब १० हजार बराबरबरको सामान पीडित धनसिँह दमाईकी श्रीमती मसुरी दमाईलाई हस्तान्तरण गरेको हो ।

लायन्स क्लव अफ गलकोट सिटीले आपतविपतमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको र सोहि अनुसार अग्नि पीडित धनसिँह दमाईलाई पनि सहयोग हस्तान्तरण गरको क्लवका अध्यक्ष हिरा भण्डारीले बताए ।

राहत हस्तान्तरण कार्यक्रममा गल्कोट नगरपालिका वडा नं ९ का अध्यक्ष तेज बहादुर थापा,वडा नं २ का वडा अध्यक्ष हेमन्त भण्डारी, क्लवका सदस्य भिमसेन श्रेष्ठ कौशिला घर्ती मगर रितिक भण्डारी सन्त भण्डारी केयरसिँह खत्री बसन्त भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम लाइन्स क्लव अफ गलकोट सिटीका अध्यक्ष हिरा भण्डारीको अध्यक्षता र शिक्षक प्रेम सापकोटाको सञ्चालनमा सम्पन्न भएकोे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.