अपडेट: वामीमैदानमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु २ गम्भीर घाईते !

कमल पाैडेल, गुल्मी २०७५ माङ २० । मुसिकोट नगरपालिका ८, वामीमैदान नजिकै ग १ ज ८३५७ नं. को पिकअप दुर्घटनाहुँदा २ जनाको ज्यान गएको छ ।

सो दुर्घटनामा गाडीका मालिक २८ वर्षिय ठाकुर सापकोटा र ५५ वर्षिय पुतली सिंह ठकुरीको ज्यान गएको वामी प्रहरी चौकीका इन्चार्ज परमेश्वर चौधरीले जानकारी दिए ।

त्यस्तै सो दुर्घटनामा बडीगाड गाउँपालिका १, का १५ वर्षिय कमल कार्की र मुसिकोट नगरपालिका वडा नं. ८ का ४८ वर्षिय हरिकला कार्की घाइते भएका छन्। दुवै घाइतेको अवस्था सामान्य रहेको यद्यपी दुर्घटनाको केशमा २४ घण्टा निग्रानीमा राख्नुपर्ने भएकोले पाल्पा पठाउन लागिएको लुम्बिनी वामी हस्पिटल वामीटक्सारका डा. गिरेन्द्र साहनीले बताए ।

सो पिकअपको चालक रोशन राना भएपनि गाडीधनी सापकोटाले आफै चलाई गाडी फर्काउने अवस्थामा व्याक गर्दा वामी मैदान चौपारी नजिकैवाट झण्डै १५० मिटर तल खसेको प्रत्यक्षदर्शी समेत रहेका चालक रानाले जानकारी दिए । घटना विहान झण्डै १० वजे भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *