पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने निर्वाचन आयोगको निर्णय राप्रपाव्दारा अस्विकार !

निर्वाचन आयोगको निर्णयले चुनावको वातावरण धमिलिन सक्ने राप्रपाको चिन्ता !

राप्रपा व्दारा चैत ७ गते देखी विरोधका विभिन्न कार्यक्रहरुको घोषणा !

काठमाडौ २०७३ चैत ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज विहान पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको आकाष्मिक बैठकले पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने निर्वाचन आयोगको निर्णय स्विकार नगर्ने बताउदै निर्णयवारे पुनर्विचार गर्न राप्रपा निर्वाचन आयोगसंग आग्रह गरेको छ । बैठकले निर्वाचन आयोगको यो निर्णयले आगामी स्थानीय तह चुनावको वातावरण धमिलिन सक्ने बारे राप्रपा चिन्ता व्यक्त गरेको छ ।

बैठकले निर्वाचन आयोगले २०७३ चैत ४ गते गरेको निर्णय आपत्तिजनक एव संबिधानको मर्म र भावना विपरित रहेको ठहर गर्दै निर्वाचन आयोगको उक्त निर्णयका सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्कालका लागि केहि कार्यक्रमहरुको घोषणा गरेको छ ।

पार्टी प्रवक्ता रोशन कार्कीव्दारा हस्ताक्षरित विज्ञप्ती अनुसार पार्टीको आज बसेको आकष्मिक बैठकले निर्वाचन आयोगलाई निर्णय पुनर्विचारको निमित्त आग्रह गर्दै सम्पूर्ण जिल्ला सदरमुकाममा यहि चैत ७ गते जुलुस सहित गएर जिल्ला निर्वाचन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने र एक घण्टा निर्वाचन कार्यालय अगाडि धर्ना दिने, काठमाडौमा निर्वाचन आयोगको कार्यालय बहादुर भवन अगाडि एक घण्टा धर्ना दिने र आयोग समक्ष ज्ञापन पत्र बुझाउने, सो निर्णयबाट पार्टीको संबैधानिक हक खोसिएको वारे कानुनी उपचार खोज्ने, चैतको तेस्रो हप्ताबाट हिन्दुराष्ट्र पुनस्र्थापनाको माग राखेर देशव्यापि शान्तिपूर्ण सडक संघर्ष गर्ने, धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संबिधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको छ ।
विज्ञप्ती

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *