पर्वत र बागलुङमा ठगी गर्ने ललितपुरका सन्तोष न्यौपाने गोरखामा पक्राउ !

पर्वत, २०७५ माघ २० । पर्वत फलेवास नगरपालिका तथा बागलुङ जिल्लामा समेत गई आफू सिर्जनशील अन्धा अपाङग प्रवर्धन केन्द्र शाखा कार्यालय पोखरा सिद्धार्थ चोकको मेनेजिङ्ग डाइरेक्टर बताई सोही शाखामा जागिर लगाइदिने, निरव्याजी पैसा सहयोग गर्ने लगायतका वहाना बनाई विभिन्न व्यक्तिहरुबाट रकम ठगी फरार भएका ललितपुर गोदावरी नगरपालिका-४ बस्ने ४० वर्षीय सन्तोष न्यौपानेलाई केहि दिन पहिले प्रहरीले पक्राउ गरेको छ ।
\
न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गोरखा, गोरखा नगरपालिका(६ हरमटारी चोकस्थित होटल मिराकलको कोठा नम्वर २०२ मा फेला पारी पक्राउ गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.