अत्याधिक चिसोले ढोरपाटनमा ५६ वर्षिय व्यक्तिको मृत्यु

ढोरपाटन (बागलुङ) २०७५ माघ १९ । ढोरपाटन नगरपालिका ९ ढोरपाटनमा अत्यधिक चिसोका कारण आज विहान एकजना व्यक्तिको मृत्यु भएको छ । ढोरपाटनमा गत हप्ता देखि निरन्तर हिमपात भएका कारण अत्याधिक चिसो बढेको छ ।

सहकर्मी ईन्द्र शाहीले दिएको जानकारी अनुसार ढोरपाटन नगरपालिका वडा नं.६ अधिकारीचौरका ५६ बर्षिय दिलबहादुर भण्डारीको
चिसोका कारण मुत्यु भएको परिवारजनले बताएका छन् ।

मृतक भण्डारी शुक्रबार सांझ अधिकारीचौर आफनो घरदेखि वडा नं.९ ढोरपाटन भण्डारीगाउँ जाने भनी हिंडेको र परिवारका सदस्य शनिबार विहानै भण्डारीगाउँ तर्फ जाँदै गर्दा बिजौरीखोला गाउँ नजिकै चौरमा मृत अवस्थामा शव फेला पारिएको आफन्तले बताएका छन् ।
बाटो हिंड्दै गर्दा साँझपखको अत्याधिक चिसोका कारण भण्डारीको मृत्युु भएको हुनसक्ने स्थानीयको आशंका छ ।
(

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *