कर्मभूमि फाउण्डेसन व्दारा सरस्वती प्राविका विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण !

झरना कँडेल, बुर्तिवाङ २०७५ माघ १८ । कर्मभूमि फाउण्डेसनले शुक्रबार ढोरपाटन नगरपालिका १ बुर्तिवाङ भब्रेटा स्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई एक कार्यक्रमका वीच पोशाक र स्टेशनरी वितरण गरेको छ ।

फाउण्डेसनका अध्यक्ष कमल भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी ढोरपाटन नगरपालिका १ बुर्तिवाङका वडाध्यक्ष चित्रबहादुर भण्डारी रहेका थिए ।

कार्यक्रममा गरीब तथा जेहन्दार तर्फ एक छात्र र एक छात्रालाई पोशाक, दलित, उत्कृष्ट, खेलकूद, अनुशासन, सरसफाई, जनजाति तर्फ एकएक जना छात्र र एक एक जना छात्रा गरी १४ जनालाई स्टेशनरी वितरण गरिएको थियो ।

कार्यक्रममा बुर्तिवाङ स्थित परिवर्तन, बुर्तिवाङ र ढोरपाटन रेडियोका प्रतिनिधीहरु, सरस्वती प्रावि व्यवस्थापन समितिका अध्यक्ष, प्रअ हिराकुमारी घिमिरे पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फाउण्डेसनका महासचिव सतिस कुमार सिँहको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रममा सल्लाहाकार अमर लोप्चचनले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन फाउण्डेसनका सचिव देवबहादुर विकले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.