निसीखोलामा दुई पुलको सर्वे सम्पन्न !

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ माघ १८ । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा गरी बिभिन्न ६ वटा आकाशे झलुङगे पुल र मोटरेवल पुल बन्ने भएसंगै गत माघ १२ गतेदेखि १६ गतेसम्म निसीखोला गाउँपालिकाको वडा नं.१ र २ मा गरी दुई पुलको सर्वे सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नं.१ हर्पे देखि लेवाङ जोड्ने गरी ४ सय ५० मिटर लम्बाई र ३ सय ५० मिटर उचाईमा बन्ने गरी झलुङगे पुलको सर्वे भएको इगल सोलुशन काठमान्डौका इन्जिनीयर प्रकाश बरालले बताए ।

त्यस्तै निसीखोला गाउँपालिका वडा नं.२ काल्नेचौर पुलको समेत सर्वे भएको हो । २५ मिटर लम्बाई रहने उक्त पुल गरी दुवै पुलको चार दिनमा सर्वे भइसकेको र यसै आर्थिक बर्षमा डिजाइन पुरा भइसकेपछि आर्थिक बर्ष २०७६÷७७ मा काम हुने गरी पुल निर्माण हुने बरालको भनाई छ ।

झलुङगे पुल साविक देविस्थान गाविसका १,२,३,४,५ तथा हाल निसीखोला गाउँपालिका वडा नं.१ का जनता र वडा नं.७ राजकुटका जनतालाई प्रत्यक्ष लाभ हुने देखिएको निसीखोला १ का अध्यक्ष ईन्द्रबहादुर मल्लले बताए ।
निसीखोला गाउँपालिकाको आर्थिक बर्ष २०७४÷७५ को कार्यपालिकाको निर्णय तथा समाजसेवी युवा दोर्णकुमार कुवंरको बिशेष पहलमा पुल निर्माण हुने भएको वडा अध्यक्ष मल्लले बताए ।

त्यसैगरी निसीखोला र भुजिखोलामा गरी दुई झलुङगे पुलको यसै आर्थिक बर्षमा काम सक्ने गरी टेन्डर खुल्ला भईसकेको र अन्य चार पुलको समेत यस आर्थिक बर्षभित्र सर्भे डिजाईन सक्ने गरी काम अगाडी बढेको कछ ।

नेपाली कांग्रेसका नेता युवा समाजसेवी दोर्णकुमार कुंवरको सक्रियतामा गत बर्ष सर्वे भएको ढोरपाटन ५ को अधिकारीचौर भुजिमावि –प्याङखोला जोड्ने २ सय ९१ मिटर लम्बाई रहने पुलको टेन्डर भएको छ । जसको लागत ३ करोड , ३० लाख, २२ हजार ८ सय ८० रहने भएको बताइएको छ । उक्त पुल निर्माण भएमा साविक अधिकारीचौरका अधिकांस गाउँका बासिन्दालाई सहजता हुनुका साथै प्रर्यटकिय हिसाबले समेत महत्वपुर्ण मानिएको छक ।

त्यस्तै निसीखोला गाउँपालिका ३ बोहोरागाउँ स्थित स्वास्थ्य चौकी –जोगिथुम्का जोड्ने, १ सय २५ मिटर लम्बाई पुलको निर्माण कार्य समेत यसै आर्थिक बर्षमा सक्ने गरी टेन्डर भएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

त्यस्तै यसै क्षेत्रमा रहेको बिभिन्न घाटमा अन्य ४ आकाशे झलुङगे पुलको निम्ती पहल गरेका कारण सर्वेका तयारी रहेको कुवंरले बताए ।
जसमा ढोरपाटन ५ मा रहेको लाम्डाँडा –भैसिखर्क झलुङगे पुल , निसीखोला २ कै घंग्रेनी–धुँवाखोर , निसीखोला २ मा पर्ने काफलठुट्टा–काल्नेचौर झलुङगे पुल, ढोरपाटन सिकार आरक्ष नजिकै पर्ने गरी ढोरपाटन उत्तरगंगा घाट पुल निर्माणका निम्ती सर्वे तयारी रहेको बुझिएको छ । उता गल्कोट दुदिलाभाटी–गौदीखोला पुलको निम्ती आवस्यक सर्वे हुने गरी काम भएकोे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *