निसीखोलाका विद्यालयमा फागुन २६ देखि बार्षिक परीक्षा हुने, परीक्षा संचालनका लागि समिति गठन ।

झम सिर्पाली, निसीखोला (बागलुङ) २०७५ माघ १८ । निसीखोला गाँपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि तथा कर्मचारीहरु सहितको बैठकले फागुन २६ गते देखि बार्षिक परीक्षा संचालन गर्ने निर्णय गरेको छ ।

चैत्र ४ गतेसम्म संचालन हुने उक्त परीक्षालाई मर्यादित ढङ्गले संचालन गर्नका लागि विभिन्न समितिहरुसमेत गरिएका छन । जसमध्ये कक्षा ८ बाहेक १ देखि १२ सम्मको परिक्षाको प्रश्नपत्र निर्माण तथा अन्य आवश्यक तयारीका लागि प्रभा माध्यमिक विद्यालय निसिखोला ३ झिवाखोलाका प्रधानाध्यापक नवराज आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिती गठन गरेको बताईएको छ । त्यस्तै बिगतमा जिल्लास्तरिय रुपमा संचालन हुँदै आएको कक्षा ८ को परीक्षा पनि यस शैक्षिकसत्र देखि गाउँपालिका स्तरिय हुने भएको छ । उक्त परिक्षाको प्रश्न पत्र तयार गर्न तथा उत्तरपुस्तिका जाँच गर्नका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको छ, जस्को सदस्यमा विभिन्न विद्यालयका शिक्षकहरु रहेका छन ।

परिक्षाको अनुगमनका लागि गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा ३ सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ जस्मा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य र नायब सुब्बा पुरुषोत्तम गौतम सदस्य रहेकाछन ।परीक्षा कक्षा १ देखि ५ र ८ कक्षाको बिहान १०:३० देखि १:३० सम्म र कक्षा ६,७,९,११ र १२ को दिउँसो २ बजे देखि ५ बजेसम्म गरि दुई चरणमा हुने समयतालिका रहेको छ ।

निसिखोला गाउँपालिकाका ४२ वटा विद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रजेको उक्त बैठक गाउँपालिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षता तथा नायब सुब्बा पुरुषोत्तम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *