चलचित्र ‘मन परेको फुल’ माघ १९ गते पर्दशन हुदै !

कोपिला कंडेल, बागलुङ, २०७५ माघ १७ । बागलुङमा स्थानिय कलाकारद्धारा निर्मित चलचित्र मन परेको फुल पर्दशन हुदैछ । स्थानिय कलाकार हरी विश्वकर्माद्धारा निर्मित चलचित्र मन परेको फुल यहि माघ १९ गते शनिबार कालिगण्डकी फिल्म हल बागलुङमा पर्दशन गरिने बिहिबार आयोजिन पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

विश्वकर्माको कथा तथा निर्देशनमा निर्मित फिल्ममा बिसाल तामाङ्ग र आयुष्मा घर्ति मगरले प्रमुख नायक नायिकाको भुमिका निर्वाह गरेका छन् । त्यसैगरी अन्य कलाकारहरुमा अमीत गुप्ता रोसन खत्री सन्तोष परिवार कामना खड्का रामजी मायालु क्षेत्री नविन साप्कोटा मिना तामाङ्ग र बाल कलाकार जोहन खड्का श्रद्धा क्षेत्री र मनमोल विश्वकर्मा रहेका छन् ।

फिल्म बिषेस गरी प्रेमलाई आधारित बनाएर निर्माण गरिएको निर्देशक हरी विश्वकर्माले जानकारी दिए । भारतको बिहारमा बिशेष अभिनय गरेको फिल्ममा गितको सुटिङ्ग लगायत केही अभिनय बागलुङ कालिका मन्दिरमा समेत गरिएको निर्देशक बिश्वकर्माको भनाई छ । सो चलचित्र क१६ लाख रुपयाको लागतमा निर्माण गरिएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *