गल्कोट – ४ का सामुदायिक बिद्यालयहरुमा बिद्युतीय हाजिरी सुरु !

चन्द्रमणी न्योपाने, गल्कोट २०७५ माघ १७ । गल्कोट नगरपालिका वडा नम्बर ४ का सामुदायिक बिद्यालयहरुमा विद्युतीय हाजिरी शुरु गरिएको छ । गल्कोट नगरपालिकाले वडा नम्बर ४ का सबै सामुदायिक बिद्यालयमा बिधुतिय हाजिरी संचालन गर्ने यस बर्षको योजना अन्तर्गत बिनियोजन गरेको १ लाख बजेट मार्फत वडाका खरुवा माध्यमिक बिद्यालय, चमुवा आधारभूत बिद्यालय र भुमे प्राथमिक बिद्यालयमा बिद्युतीय हाजिरी सन्चालनमा आएको हो ।

बिद्यालयमा बिधुत लाइन र कम्प्युटर नभएकोले कालिका प्राथमिक बिद्यालयमा भने उक्त हाजिरी राख्न नसकिएको वडाअध्यक्ष बलबहादुर खत्रीले बताए । खत्रीले लगत्तै उक्त बिद्यालयमा पनि बिधुत लाइन र कम्प्युटर ब्याबस्थापन गरि बिधुतीय हाजिरी संचालनमा ल्याइने बताए ।

उनले वडाका सम्पुर्ण विद्यालयको शैक्षिक गुणस्तर बढाउन, शिक्षकलाई नियमित, अनुशासित र समुदायप्रति जिम्मेवार बनाउन विद्युतीय हाजिर शुरु गरिएको बताए । विद्यालयमाहरुमा कार्यरत शिक्षक एवं कर्मचारी सबैले बिहान १० बजे र बेलुका ४ बजे दुईपटक औँठा छापको विद्युतीय हाजिरी लगाउने गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *