आजको तस्वीर : पन्चकोटबाट सूर्योदय नियाल्दा … !

शव्द/चित्र : किरण आचार्य,

बागलुङ २०७५ माघ १७ । पछिल्लो समयमा निर्माणाधीन अवस्थामा रहेको बागलुङ नगरपालिका-६ स्थित पन्चकोट युवा एवं प्रौढहरुको गन्तव्य बनेको छ । खासगरी पन्चकोट बाट देखिने मनोहर दृश्यहरु अवलोकन गरी तस्वीर खिच्नकै लागी पनि दिनहुँ विद्यार्थी, युवा युवतीहरु समेतको बाख्लो उपस्थिति रहेको हुन्छ ।

पन्चकोटबाट देखिने हिमश्रृंखलाहरुको मनोरम दृश्यले जस्लाई पनि आकर्षित गरेको हुन्छ । हाल आएर विहान सबेरै पन्चकोट बाट देखिने सूर्योदयको मनमोहक दृश्यले पर्यटकहरुको ध्यानाकर्षण गरेको छ भने अर्कोतिर पन्चकोटबाट देखिने पवित्र कालीगण्डकी नदीको शान्त एवं निश्चल बहाव हेर्न पनि पर्यटकहरु पन्चकोट पुग्ने गर्छन् ।

पवित्र कालीगण्डकी नदीलाई चाहे बादलले ढपक्क ढाकेको किन नहोस आन्तरिक पर्यटक एवं श्रद्धालुहरु पन्चकोट पुग्ने गर्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *