यसै वर्ष उत्कृष्ट क्याम्पसको सम्मान पाएको पृथ्वीनारायण क्याम्पसमा यस्तो छ बेथिति !

दिपेन्द्र पौडेल, पोखरा २०७५ माघ १७ । यसै बर्ष उत्कृष्ट क्याम्पसको सम्मान प्राप्त गरेको पृथ्वीनारायण क्याम्पस विद्यार्थी सङ्ख्याका दृष्टीले देशकै पहिले ठूलो क्याम्पसका रुपमा परिचित छ । पोखरा महानगरपालिका वडा न. १ भीमकालीपाटनमा अबस्थित यस पृथ्वीनारायण क्याम्पस आफनो लालपुर्जामा आउन बाँकी २५० (प्रा.डा. दिलबहादुर क्षेत्रीको पृथ्वीनारायण क्याम्पसमा अनुसन्धान एवं प्रकाशनसम्बन्धी गतिविधिहरुको सिंहावलोकन नामक लेखका आधारमा) र लालपुर्जामा रहेको ४९८ गरी कुल ७४८ रोपनीमा फैलिएको छ । पृथ्वीनारायण क्याम्पसको स्वर्ण जयन्तीको अवसरमा ‘पृथ्वीनारायण क्याम्पस हिजो, आज र भोलि’ विषयक गोष्ठीमा (२०१६) प्रस्तुत भएको कार्यपत्र र लेखको पृथ्वीनारायण क्याम्पसको सङक्षित्त विवरण अनुसार करिब १८००० कुल विद्यार्थी सङ्ख्या, अध्यापन हुने अनुमानित पाठयक्रमहरु (कोर्सहरु ) ५०० भन्दा बढी, विषयगत विभागहरु २८, ५६१ शिक्षक तथा १३१ प्रशासन तर्फ गरी कुल ६९२ कर्मचारीहरु कायरत यस क्याम्पसको पुस्तकालय २०३३र०७र१८ गते बाट क्षेत्रीय पुस्तकालयका रुपमा स्थिापित भएको हो । क्षेत्रीय स्तरको पुस्तकालयमा हाल क्याम्पसमा रहेका सम्पूर्ण विद्यार्थीलाई पुग्ने नयाँ पाठयक्रमहरु, कोर्षहरु प्रयप्त छैनन्, प्रत्यक बर्ष बजेट आउँछ तर पुस्तक थपिदैन् ।

क्याम्पसमा रहेका ५६१ शिक्षकमध्ये केही शिक्षकहरु यस्ता पनि छन् शिक्षण जस्तो पेशालाई व्यापार र व्यवसाय बनाइरहेका छन् । पाठ्यक्रममा रहेका कोर्सहरु आलटाल गरी समयमा नसक्ने र अन्तिम समयमा आएर कोचिन्ङ्, ट्यूसन सेन्टरमा आउन आग्रह गर्छन् भने कोही समयमा कक्षामा कहिल्यै नआउने ४५ मिनेटको एउटा पिरिएडमा १०/१५ मिनेट ढिलो आउने र शिक्षकलाई मनलागे १ घन्टा पनि पढाउने, मन नलागे कक्षाकोठमा प्रबेश गरेको १०/१५ मिनेटमा नै छोडदिने कहिले क्याम्पसमा हाजिर गर्न आउने र विद्यार्थीहरुलाई आज मेरो काम छ पढाइ हुदैन भनेर जाने । एक हप्तामा ३/४ दिन भन्दा नपढाउने । यो लापरबाही व्यवस्थापनमा रहनु भएका क्याम्पस प्रमुख तथा अन्य व्यवस्थापन समितिका पदाधिकारीलाई थाहा छ कि छैन ? साथै क्याम्पस प्रमुख, विभाग प्रमुखले शिक्षक शिक्षिकाहरुको कक्षा विषय बाँडफाँड गर्र्दा विद्यार्थीलाई मारमा पर्ने गरी बाँडफाँड गरीएको जस्तो देखियो । शिक्षकाहरुको कमीका कारण देखाँउदै अङ्गेजी माध्यामबाट पढाइ हुने कक्षामा नेपाली माध्यामको शिक्षक वा शिक्षिका राख्दा विद्यार्थीहरुले शिक्षकको कमीकमजोरी विभाग प्रमुखलाई जानकारी गराउदा विभाग प्रमुखले व्यवास्था गर्ने । करिब १०/१५ कक्षाकोठाहरुको झयालमा मात्र सिसा छ होला । यो पुस, माघको जाडोमा विद्यार्थीहरु सिसा नभएका कक्षा कोठमा जाडोले काम्दै पढिरहदा यस क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्ष, विभागका शिक्षकाहरुको कार्यकक्ष लगायत पुस्तकालयमा भने हिटरको व्यबस्था रहेछ । यो कहाँ सम्मको न्याय हो ।

काही नभाको जात्रा हाडी गाउँमा भने जस्तै बिहानी सत्रका विद्यार्थीहरुलाई मात्र ६ बजेदेखि ७ बजेसम्म मात्र विद्यार्थीको पोशाक चेक गरिन्छ । क्याम्पस पोशाक चेक गर्ने नै हो भने सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य हुनु पर्छ । १ घन्टाको मात्र कस्तो नियम हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *