मनेवा आधारभुत विद्यालयको वार्षिकोत्सव सम्पन्र : बिकासका पूर्वाधार मध्य शिक्षा महत्वपूर्ण पक्ष- नेपाली

टिकाराम भट्टराई, बुर्तिबाङ २०७५ माघ १६ । गल्कोट नगरपालिका वडा नम्बर ११ रिघामा आज सम्पन्र भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले कार्यक्रमको उद्घाटन गर्दैे बिकासका पुर्वधारहरु मध्य शिक्षा महत्वपुर्ण पक्ष रहेको बताए । सामुदायीक विद्यालयहरुमा पनि निजी विद्यालयहरुमा जस्तै गरी अङ्ग्रेजी माध्यममा पढाउनु पर्ने कुरामा उनको जोड थियो ।

नेपालीले दक्ष जनशक्ति उत्पादनको निम्ति ब्यवहारिक तथा उपयोगी शिक्षाको आवश्यकता रहेको औल्याउदँै मनेवा आधारभुत विद्यालयलाई उदारणीय बनाउनका निम्ति रिघाबासी नै लाग्नु पर्ने बताए ।

कक्षा सात सम्म अङ्गे्रजी माध्यममा पढाइ हुने मनेवा आधारभुत विद्यालयको प्रशंसा गदै नेपालीले विद्यालयको ३८ औँ वार्षिक उत्सवको अवश्रमा थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए । आफ्नो पहिलो प्राथमिकता नै शिक्षा क्षेत्रमा रहेको जनाउदै नगर प्रमुख नेपालीले मनेवा आधारभुत विद्यालयमा १ लाख ५ हजारको अक्षयकोष स्थापना र १ वर्षको निम्ति एकजना शिक्षक राखिदिने उद्घोष गर्दै आफ्नो तर्फबाट सधैँ सक्दो सहयोग गर्ने समेत जनाए । उक्त अवश्रमा नेपालीले रिघामा रहेको आमा समुहलाई नगद रु ७ हजार र डान्स प्रतियोगिता कार्यक्रममा सहभाीि ४ समुहका बिद्यार्थीहरुलाई थप हौसलाको निम्ति २–२ हजारका दरले रु ८ हजार प्रदान गरेका थिए ।

यस्तै कार्यक्रममा गल्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख (उपसचिव) खेम प्रसाद आचार्यले पछिल्लो समय सामुदायीक विद्यालयहरुमा अभिभावकको भरोसा कम हुदै गईरहेको बताउदै सामुदायीक विद्यालयलाई पनि भरोसा योग्य बनाउने जिम्मा शिक्षक,विद्यार्थी र अभिभावककै रहेको बताएका थिए । आचार्यले आफ्ना बालबच्चाको पढाई के कस्तो छ भनि अभिभावकले बुझिराख्नुपर्ने र सकेसम्म विद्यार्थीहरुलाई अङ्ग्रजी शिक्षा नै दिनुपर्नेमा जोड दिदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने जनाएका थिए ।

उक्त कार्यक्रममा गल्कोट नगरपालिका वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीस, ढोरपाटन नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, नेकपाका केशर छन्त्याल, शिव मा वि का स्रोतव्यक्ति दिनेश पन्त,पृथ्वी मा वि का स्रोतव्यक्ति बोम बहादुर थापा,रत्न लक्ष्मी उच्च मा वि का प्रध्यानाध्यापक तुल बहादुर श्रीस लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *