निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था सम्बन्धी वाक्यांश हटायो !

निर्वाचन आयोगले राजनीतिक निर्णय गरेको परिवर्तित सन्दर्भमा पार्टीले बोलायो आकष्मिक बैठक !

काठमाडौँ २०७३ चैत ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आकष्मिक बैठक अहिले बिहान ९ बजे पार्टी कार्यालय धुम्बारहीमा बसेको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र सम्बन्धी वाक्यांश हटाइदिए पछी यो आकष्मिक बैठक बसेको हो ।

आयोगले एकता महाधिवेशन (फागुन ६ देखि १०) बाट पारित राप्रपाको विधानको प्रस्तावनाको चौथो बुँदामा उल्लिखित ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र एवं राजसंस्था’ वाक्यांश हटाउने निर्णय गरेको हो । हिन्दु राष्ट्र भन्ने वाक्यांश संविधानको धारा (४) मा उल्लेख धर्मनिरेपक्ष र राजसंस्था भन्ने वाक्यांश गणतन्त्रको भावनाविपरीत भएको भन्दै राप्रपाको विधानबाट हटाइएको आयोगको निर्णयमा उल्लेख छ ।

संविधानको धारा ४ मा उल्लिखित धर्म निरपेक्ष तथा गणतन्त्रात्मक सम्बन्धी प्रावधानसँग मेल नखाएको देखिएको तथा राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा ८ को उपदफा ९१० को खण्ड ९ग० मा दलको नाम, उद्धेश्य, चिह्न वा झण्डा धार्मिक, साम्प्रदायिक वा देशलाई विखण्डित गर्ने प्रकृतिको भएमा आयोगले दल दर्ता गर्न अस्वीकारसमेत गर्न सक्ने उल्लेख भएको देखिँदा उक्त हिन्दु राष्ट्र एवं राजसंस्थासहितको र हिन्दुत्वको भन्ने वाक्यांश हटाई विधानको बाँकी व्यहोरालाई प्रमाणित गर्ने’आयोगको निर्णयमा उल्लेख छ ।

राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न’ भन्ने वाक्यांश राखिएको थियो ।

राप्रपाको सैद्धान्तिक, वैचारिक पक्षका बारे निर्वाचन आयोगले राजनीतिक निर्णय गरेको परिवर्तित सन्दर्भमा पार्टीको पदाधिकारी तथा काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक बसेको पार्टीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *