निसीखोलाका जलविद्युत आयोदना अबरुद्ध हुँदा पाँच सय घरधुरी अन्धाकारमा !

झम सिर्पाली निसीखोला २०७५ माघ १५ । माघको दोश्रो हप्ताको विभिन्न समयमा भएको भारी हिमपातका कारण जलविद्युत आयोजनाहरु अबरुद्ध हुँदा निसीखोला गाउँपालिकाका विभिन्न वडाका झण्डै पाँच सय घरधुरीका जनता अन्धकारमा बस्न बाध्य भएका छन ।

हिमपातबाट बाँसखोला लघु जलविद्युत आयोजना पुर्ण रुपमा र निसीखोला दोश्रो लघु जलविद्युत आयोजना आंशिक रुपमा प्रभावित भएका छन । बांसखोला लघु जलविद्युत आयोजनाको विभिन्न स्थानमा बिजुलीको खम्बा भाँचिदा निसीखोला गाउँपालिका वडा नं २ स्थित तल्लोबेङ्री, उपल्लोबेङ्ग्री, काल्नेचौर, सिंडेरी तथा देहलधाराका दुईसय घरधुरी विद्युत सेवाबाट बन्चित भएको निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुबिर विश्वकर्माले जानकारी दिए। त्यस्तै निसीखोला दोश्रो लघु जलविद्युत आयोजनाका २४ ओटा फलामका खम्बा ढल्दा विद्युत सेवा आंशिक रुपमा प्रभावित भएको छ । फलस्वरूप निसीखोला गाउँपालिका वडा नं ३ को छापाखानीको किटेनी र वडा नं ४ थापागाउँको पोखराचौर , ओख्रेनीको चेल्वाङ तथा याङम्याङका गरि ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको आयोजना उपभोक्ता समितिका अध्यक्ष लोकिश्वर पौडेलले जानकारी दिए । सेवा अबरुद्ध भएसंगै उपभोक्ताहरुलाई बिजुली बत्ती बाल्न, मोबाईल चार्जर गर्न , रेडियो सुन्न तथा टेलिभिजन हेर्नमा असुविधा भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *