ताराखोला गाउपालिकाको कार्यालय अर्गलको भातखाने डाँडामा उदघाटन !

खगेन्द्र विश्वकर्मा/मन्दिप निउरे, बागलुङ २०७३ चैत ५ । ताराखोला गाँउपालिकाको केन्द्र बाड नं २ भात खाने डाडाँमा वोर्ड लेटरप्याड तथा छाप राखी औपचारिक रुपमा उद्घाटन गरिएको छ । गाउपालिकाको कार्यलयको उद्घाटन ताराखोला गाउ पालिकाका निमित्त कार्यकारी अधिकृत खड्क बहादुर थापाले गरेका हुन् । थापा तारा वाड ३ का सचिब समेत हुन्।

ताराखोला गाउपालिका र गाउपालिकाका प्रत्येक वडामा कार्यालयको वोर्ड, लेटरप्याड र छाप राखी कार्यलय स्थापना गरिएको छ । ताराखोला गाउपालिको केन्द्र ताराखोला वडा नम्वर २ को भातखाने डाँडामा र वडा नम्बर १ को भुस्कातमा, वडा नम्वर ३ को हिलमा र वडा नम्बर ४ र ५ को धस्मरको कार्यलयमा वोर्ड राखिएको हो ।

उद्घाटन पछी नेपाली काग्रेसका डण्डपाणी कडेलले संघीयता देशको भार भएको भन्दै विरोध गरेका थिए भने नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सन्जय कुमार श्रेष्ठ , नेकपा माओवादी केन्द्रको कन्द्रिय महाधिवेशन सदस्य धन बहादुर विक , संघीय समाजवादी फोरमका पूर्व अध्यक्ष यम बहादुर घर्ती, जनजाती संजालको तर्फबाट लालबहादुर रोका, महिला संजालको तर्फबाट फुलमायाँ पुन, दलित संजालको तर्फबाट गोविन्द परियार, समाज सेवीको तर्फबाट अमृत घर्ती लगाएतले मन्तव्य व्यक्त गर्दै केन्द्रीत राज्य सत्ता जनताले घरदैलोबाटै पाउने भएकोमो खुसी व्यक्त गरेको थिए भने जनताको घरदैलोमै सेवा सेवासुविधा पु¥याउनको लागी स्थानीय तह र गाउपालीकाको महत्वपुर्ण भुमिका रहने बताएका थिए ।

उनिहरुले स्थानीय निकायमा चुनावपछी स्थानीय प्रतिनिधीको रोहवरमा गाउको विकास अगाडी बढाउने प्रजातान्त्रिक पद्धतीको भएको बताएका थिए ।
कार्यक्रममा ताराखोला गाउपालिका कार्यकारी निमित्त अधिकृत तथा वडा नम्वर ३ का सचिव खडक बहादुर थापाको अध्यक्षता वडा २का सचिव डोलराज पौडेलको स्वागत र वडा नम्वर ४ र ५ का सचिव तेजराज गौतमको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.