जनहित मावि मल्ममा कक्षा ११ सञ्चालन गर्न सहयोग समिति गठन ।

थम्मन थापा सन्देश, गल्कोट २०७५ माघ १४ । जनहित माध्यमिक विद्यालय गल्कोट नगरपालिका ७ मल्ममा विशेष बैठक सम्पन्न भएको छ । बैठकले विद्यालयमा आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्न लागिएको माध्यमिक तहको कक्षा ११, १२ सञ्चालनको लागि आवश्यक श्रोत व्यवस्थापनको लागि घनश्याम थापाको संयोजकत्वमा १३ सदस्यीय सहयोग समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा राजकुमार दर्जी रहेका छन ।

आवश्यक शैक्षिक पुर्वाधार, भौतिक व्यवस्थापन र आर्थिक व्यवस्थापनको लागि सहयोग समिति गठन गरिएको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर थापाले जानकारी दिए । त्यस्तै बैठकले आगामी शैक्षिक सत्रबाटै लागु हुने गरि कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्ययमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । समय सापेक्ष अभिभावकको चाहनालाई मध्यनजर गर्दै अङ्ग्रेजी माध्ययमबाट पठनपाठन गर्ने निर्णय गरिएको विद्यालयका प्रधानध्यापक विष्णु प्रसाद गौतमले जानकारी दिए ।

हाल कक्षा एलकेजी, युकेजी र कक्षा १ मा अङ्ग्रेजी माध्यममा सञ्चालन भईरहेको प्रधानध्यापक गौतमले बताए । बैठकमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, सरोकारवाला, शिक्षाप्रेमी, समाजसेवीहरु लगायतको उपस्थिती रहेको थियो । बैठक जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.