पुस/माघको जाडोमा त्रिपालको बास भएका नेपालीको परिवारलाई परदेशीको सहयोग !

दिनेश शर्मा, गल्कोट २०७५ माघ १३ । गल्कोट नगरपालिका-११ रिघा साबिक रिघा-६ बाघखोर निबासी दधिराम नेपालीको यहि मङ्सिर २६ गते दिउँसो आफू काममा घरबाहिर गएको समयमा घरमा आगोलागी भै घरगोठ दुबै अचानक जलेर क्षणभरमै खरानी भयो ।

नेपालीको ६ जनाको परिवार त्यसयता त्रिपाल टाँगी खाली पाटोमा बस्दै आइरहेका छन।

मुस्किलले घरमा भएका साना बच्चा बच्ची र पशुपंक्षीलाई छिमेकीले जोगाइदिएपनी उनको हरको लगाएको लुगा बाहेक खाने अन्नपात ओड्ने ओछ्याउने, भाँडाकुडा ,लत्ताकपडा केही जोगाउन सकेनन् ।

उनै नेपालीको लागि परदेश जापानबासी रिघालीबाट रु ६९ हजार ३३ रुपैयाँ र युके रिघाली समाजबाट सहयोग स्वरुप पठाएको रकम रु ५० हजार रकम आज पीडित नेपालीलाई वडाअध्यक्ष्य डम्बरबहादुर श्रीसले हस्तान्तरण गरेका छन्। उक्त रकम बैक मार्फत आएको र आफुले पीडितलाई हस्तान्तरण गरेको वडाअध्यक्ष श्रीसले ईबागलुङलाई बताए ।

उक्त रकम बाहेक जिल्ला प्रशासन कार्यालयको राहत रकम रु १० हजार गल्कोट नगरपालिकाको रु १० हजार र रेडक्रसको जिन्सी सामाग्रीहरु पीडितलाई यस अघिनै हस्तान्तरण गरिसकेको वडाअधयक्ष श्रीसले बताए।

वडाअध्यक्ष श्रीसले इबागलुङ सङ्ग कुरा गर्दै पीडित नेपालीको परिवार आर्थिक रुपमा समेत अत्यन्तै कमजोर रहेको र उनीहरुले घर बनाउनु पर्ने समस्या रहेको हुदा सहयोग सङ्कलन अभियान जारी रहेको भन्दै सबैलाइ सहयोग गर्न समेत अनुरोध गरे । वडाध्यक्ष श्रीसले भने, पीडित नेपालीको परिवार आर्थिक रुपमा बिपन्न छ चिसोले समस्या पारिरहेको छ सहयोग गरिदिनुस यस्तो समस्या जो कोहिलाइ जहिले पनि पर्न सक्छ त्यसैले म आफै पनि सहयोग सङ्कलनमा लागिरहेको छु।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.