भीरबाट लडेर एक पुरुष र रुखबाट खसी एक महिलाको मृत्यु !

बागलुङ २०७५ माघ १३ । ढोरपाटन नगरपालिका ५ पेङखोला बस्ने करीब वर्ष ५०को मनबहादुर काममी साडुको घरमा जान्छु भनी माघ ७ गते घरबाट हिँडेकोमा घरमा फर्कि नआएपछी खोजतलास गर्दा घरबाट २ किमिको दूरीमा रहेको अस्तुभीरबाट करीब सय मिटर तल रातोपानी खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी निसीखोला गाउपालिका १ जुग्जा खोला बस्ने वर्ष ४१ की मीना बिक फुर्सेको रुखमा चढी घाँस काट्ने क्रममा लडी घाईते भएकाममो निजका श्रीमान निलबहादुर बिकले उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र हिँजै राति ८.३० बजे ल्याईपुराएकोमा त्यस्को १० मिनेट पछी डाक्टरले चेकजाँच गर्दा मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय,बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *