६६औँ विश्व कुष्ठरोग दिवस : बागलुङमा कुष्ठरोगका जम्मा ६ जना बिरामी !

बागलुङ २०७५ माघ १३ । बागलुङमा कुष्ठरागेका विरामी घट्दै गएका छन । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार जिल्लामा जम्मा ६ जना विरामीले कुष्ठरोगको औषधी खाँदै आएका छन । गत वर्ष ७ जना विरामीले औषधी सेवन गरेका थिए भने यस वर्ष १ जना विरामी घटेका छन ।

जिल्लाको बरेङ गाउँपालिकामा २ जना, तमानखोला गाउँपालिकामा १ जना, गल्कोट नगरपालिकामा २ जना र काठेखोला गाउँपालिकलामा १ जना रहेका छन । ति मध्ये पाँच जना पुरुष र एक जना महिला रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले बताए ।

सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरे पनि नयाँ नयाँ कुष्ठरोगका बिरामी फेला पर्ने क्रम भने यथावतै रहेकोछ । तर विगतका वर्षमा भन्दा देशभरी नै केही घट्दो क्रममा रहेको छ । उपचारमा आउन नसकेका कुष्टरोगका बिरामीलाई खोजी गरी रोगको निदान गरी उपचार पद्धतिमा ल्याउनको लागि अभियान निरन्तर चलाईएको स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।
हामीले विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं तिवारीले भने, ‘ग्रामिण भेगका केही व्यक्तिहरु आफ्नो समस्या लुकाउने हुँदा स्वास्थ्यकर्मीहरुलाई पत्ता लगाउन कठिन परेको छ । विरामीको खोजतलासको लागि स्थानिय तहहरुले पनि पहल थालेका छन ।’ यसवर्ष ढोरपाटन नगरपालिकामा चर्मरोग शिविर तथा विभिन्न स्वास्थ्य शिक्षाका सामागी वितरण गर्ने कार्यक्रम गरिने कार्यालयले जनाएको छ । जसको सवै संयोजन स्थानिय तहले नै गर्ने छ ।

कुष्ठरोगका विरामी खुलेर नआउने भएकाले पनि यस्ता खालका अभियानबाट उनिहरुलाई उपचारमा ल्याईने तिवारीले बताए । यो रोगको औषधी निःशुल्क रुपमा स्वास्थ्य संस्थाबाट पाईने र उपचारमा पश्चत विारमीले १ हजार रुपैयाँ यातायात खर्च बापत पनि पाउने छ । कुष्ठरोग लागेको थाहा पाउने बित्तिकै तुरुन्तै उपचार गरेमा शरीर अंगभंग हुनबाट बच्न सकिने तिवारीले बताए ।

कुष्ठरोगको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले सरकारले आईतबार ६६औँ विश्व कुष्ठरोग दिवस मनाएको छ । बागलुङका स्थानिय तहले पनि विभिन्न जनचेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गरेका छन । “कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य” भन्ने मुल नाराका साथ यस वर्ष पनि दिवस मनाईएको छ ।

स्वास्थ्यकर्मीका अनुसार आँखाले देख्न नसकिने सूक्ष्म जीवाणु (माइकोब्याक्टेरियम लेप्रे) को कारण हुने कुष्ठरोग सरुवा रोग हा े। कुष्ठरोग संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेका सर्वसाधारणलाई यो रोग श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ । कुष्ठरोग लागेमा शरीरमा नचिलाउने रातो तथा फुस्रो दाग, हातखुट्टामा नदुख्ने घाउ आउने, शरीरका विभिन्न भागमा गिर्खा देखिने, स्नायु सुन्निने र दुख्ने, हातखुट्टा झमझमाउने, स्पर्श शक्ति हराएर जाने लगायत लक्षण देखा पर्दछन । बेलैमा रोग पहिचान भएमा नियमित औषधि सेवन गरे निको हुने स्वास्थ्यकर्मी बताउँछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *