दलित माथीको विभेद अन्त्यका लागि दलित र गैरदलित दुबै समुदाय सचेत हुनु आवश्यक : नगर प्रमुख नेपाली

नगरप्रमुख नेपालीलाई दुदिलाभाटीमा भव्य स्वागत, नेपालीव्दारा २ लाखको अक्षयकोष स्थापना !

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ माघ १३ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले दलित समुदाय माथीको विभेद अन्त्यका लागि दलित र गैरदलित दुबै समुदाय सचेत हुनुपर्ने बताएका छन् ।

पीडित जनसरोकार केन्द्र गल्कोट नगरपालिका १ दुदिलाभाटीले आफ्नो नवौँ वार्षिक उत्सवका अवसरमा आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको समापन कार्यक्रममा बोल्दै नगर प्र्रमुख नेपालीले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख नेपालीले लामो समयदेखी दलित समुदाय जातिय विभेद र उत्पीडनमा परेको भन्दै गैरदलित समुदायका मानिसले पनि दलित समुदायले भोगेका पीडाको महसूस गर्दै यस्ता विभेद अन्त्यका लागि घर परिवार र समुदायबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने बताए ।

विभिन्न कारणले पछाडी पारिएको दलित समुदायलाइ शिक्षाको पहुँचमा पुर्याउदै शैक्षिक स्तर उकास्न सकेमा तथा आफ्नो अधिकार बारे जानकार बनाउन सकेमा जातिय विभेद अन्त्य हुने नगर प्रमुख नेपालीको भनाइ थियो ।

एक फरक प्रशंगमा नगर प्रमूख नेपालीले यस क्षेत्रको विकासका लागि गल्कोट नगरपालिका सँग ढोरपाटन नगरपालिका सहकार्य गरेर विकास निर्माण र सामाजिक रुपान्तरणमा अघि बढ्न तयार रहेको समेत बताए ।

विभिन्न क्लव संघसंस्था आमासमुह तथा विभिन्न पीडामा परेका व्यक्तिलाई सहयोग गर्दै आएका नगरप्रमुख नेपालीले पीडित जनसरोकार केन्द्रलाई व्यक्तिगत रुपमा २ लाख ५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । यस्तै गल्कोट नगरपालिका–१ दुदिलाभाटी भैँसेमा रहेको भगवती प्राथमिक विद्यालयमा एक वर्षका लागी एक जना शिक्षकलाई आफुले ब्यक्तिगत खर्चमा तलब भुक्तानी गरिदिने उद्घोष समेत गरे । सोहि अवसरमा नगरप्रमख नेपालीले यहाँस्थित आमा समुह, स्वयंसेविका, पञ्चेवाजा समुह लगाएतलाई नगद रु ३० हजार सहयोग गरेका छन् ।

कार्यक्रममा सरस्वती माविका प्रधानाध्यापक भिमप्रसाद पुन भगवती प्राविका प्रअ पूर्ण बहादुर खड्का, नवज्योति वचत तथा ऋण सहकारीका अध्यक्ष धना खत्री लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम केन्द्रका अध्यक्ष होम बहादुर नेपालीको अध्यक्षता सन्दिप नेपालीको स्वागत मन्तव्य र नारायण नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *