गैससहरु प्रत्यक्ष जनतासंग सरोकार राख्ने सामाजिक क्रियाकलापमा सक्रिय हुन आवश्यक : नगरप्रमुख नेपाली

कर्मभूमी फाउण्डेशनद्वारा गंगा प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामाग्री सहयोग !

बुर्तिबाङ २०७५ माघ १२ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले कर्मभूमी फाउण्डेशनले जस्तै अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाहरु पनि प्रत्यक्ष जनता संग सरोकार राख्ने सामाजिक क्रियाकलापमा सक्रिय हुन आवश्यक रहेको बताएका छन् ।
नगरप्रमुख नेपाली सामाजिक संस्था कर्मभूमी फाउण्डेशनले बुर्तिवाङ बजारस्थित गंगा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरी सामाग्र्री सहयोग कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

नगरप्रमुख नेपालीले कर्मभूमी फाउण्डेशनले यस क्षेत्रको शैक्षिक विकासमा निकै महत्वपूर्ण भुमिका खेल्दै आएको उल्लेख गरे ।

बुर्तिवाङ बजार स्थित खप्तरिबाङ स्थित उक्त विद्यालयका गरिव, दलित, जेहेन्दार तथा विपन्न परिवारका १४ जना बालबालिकालाई पोशाक सहित स्टेशनरी सामाग्री सहयोग गरिएको कर्मभूमी फाउण्डेशनका अध्यक्ष कमल भुषालले जानकारी दिए । अध्यक्ष भुषालका अनुसार २ जना गरिव तथा विपन्न परिवारका बालबालिकालाई स्कुल ड्रेस सहयोग गरिएको थियो भने अन्य १२ जना जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग गरिएको हो । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त पोशाक तथा स्टेशनरी सामाग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष भुषालले बताए ।

फाउण्डेशनका अध्यक्ष भुषालको अध्यक्षता रहेको उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पून मगर, वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, नगर प्रमुख नेपालीकी धर्मपत्नी छेला नेपाली, गंगा प्राथमिक विद्यालयकी प्र.अ कोपिला कुँवर लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि, पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।

कर्मभूमी फाउण्डेशनका महासचिव सतिस कुमार सिंहको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव देव वि.कले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.