बागलुङमा १०५ मतदान केन्द्र सिफारिस:निर्वाचनको माहोल बनाउन प्रजिअको आग्रह !

विजय राना, बागलुङ, २०७३ चैत ४ । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा १ सय ५ मतदानस्थल तोकिएको छ ।
शुक्रबार बागलुङमा बसेकोे मतदान केन्द्र सिफारिस समितिको बैठकले चार नगरपालिका र ६ गाउपालिकाहरुमा गरी १ सय ५ मतदान केन्दको लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

मतदान केन्द्र सिफरिस समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बागलुङ नगर पालिकामा २२, काठेखोला गाउँपालिकामा १०, जैमुनी नगरपालिकामा ११ मतदान स्थल सिफारिस गर्ने निर्णय गरेको छ ।

बरेङ गाउँ पालिकामा ५, गल्कोट नगरपालिकामा १३, ताराखोला गाउँ पालिकामा ६, बडीगाड गाउँपलिकामा १२, ढोरपाटन नगरपालिकामा ११, तमानखोला गाउँपालिकामा ६ र निसीखोला गाउँपालिकामा ७ गरि १ सय ५ मतदान स्थलको लागि सिफारिस गर्ने निर्णय गरिएको मतदान केन्द्र सिफारिस समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

बैठकमा पाण्डेयले जिल्लामा निर्वाचनको माहोल बनाउन तर्फ सबैलाई लाग्न अनुरोध गर्दै स्वच्छ, धाँदलीरहीत तथा भयरहीत निर्वाचको लागि सबैले सहयोग गर्न समेत आग्रह गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.