बागलुङ पश्चिममा भारी हिमपात, जनजीवन कष्टकर, फोनसम्पर्क ठप्प !

कुमवीर बिश्वकर्मा,२०७५ माघ १२ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्र निसीखोला गाउँपालिकाको विभिन्न भागमा भारी हिमपात भएको छ। गए राति देखि हिमपात परे पछि निसी र झिवाखोला ,बोहरागाउ ,झिम्पा, देबिस्थान, राजकुत लगायत ढोरपाटनमा भारी हिमपात भएको छ।

हिमपात भए लगतै यहाँको जनजीवन प्रभावित भएको छ। गाई बस्तुलाइ घाँसपात गर्न ,खेतबारीमा काम गर्न कठिनाइ भएको छ। यो हिमपात बि।स।२०६३ साल देखिको पहिलो भएको स्थानीय शिक्षक धन बहादुर घर्ती मगरले बताए । हिमपात भए लगतै नमस्तेको नेटवर्क पनि ठप्प भएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *