आजको तस्वीर : बिहुँमा पर्यटन मेलाको यस्तो छ तयारी !

शव्द/चित्र : भरत सापकोटा

बिहुँ २०७५ माघ ११ । बिहुँकोटको रामकोटमा शनिबार देखि सुरु हुन लागेको पर्यटन मेला २०७५ को सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल पर्यटन बोर्र्ड, नेपाल पर्यटन मंन्त्रालय र गाउँ पर्यटन मंन्चले बिहुँकोटमा आयोजना गरेको र काठेखोला गाउँपालिकाको सहआयोजना रहेको पर्यटन मेला २०७५ को सम्पुर्ण तयारी पुरा भएको शिवधुरी सामुदायिक होमस्टेका अध्यक्ष प्रेम श्रीषले जानकारी दिए ।

शिवधुरी सामुदायिक होमस्टेले संयोजन गरेको यो कार्यक्रमकालागि काठमाडौँबाट पर्यटन बिशेषज्ञ पर्यटन व्यबसायीहरुको संयुक्त टोली बिहुँ आएको पर्यटन अभियानता अग्नि कडेंलले ईबागलुङलाई जानकारी दिएका छन्। बिहुँकोट उपल्लो क्षेत्र बेहुली जस्तै सिंगाएको छ सरसफाई राम्रो गरिएको छ । यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु रंगिएका छन् ।

यस अभियानमा निक्कै हौसिएर लागेका धुब्र कडेंल भने यहि ढंगले सबै लाग्ने हो भने पर्यटकहरु भित्रायाउन धेरै समय कुर्नु नपर्ने बताउछन् । यस क्षेत्रमा आउने पाहुनाहरुको स्वागतका लागि स्थानिय फुलको माला पन्चेबाजा समुहरु भजन मन्डलीहरु बिभिन्न झांकीहरु द्वारा भव्य तयारी गरिएको छ ।

भोलि शनिवार प्रभात फेरि गर्न यिनै टिम सहित धार्मिक पर्यटकीय स्थल त्रिपुरेश्वर महादेव मन्दिर पुग्ने आयोजकले बताएको छ भने त्रिपुरेश्वर महादेव मन्दिर बिहुँका सहसचिव ज्ञामनाथ कडेंलले मन्दिरमा आउने सम्पुर्ण श्रदालुहरु महारुदाभिषेक गरि स्वागत गर्ने तयारी रहेको जानकारी दिएका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.