ढोरपाटनमा हिमपातको दृश्यावलोकन गर्न आउने पर्यटकहरुको संख्यामा बृद्धि !

ढोरपाटन २०७५ माघ ११ । पछिल्लो समय हिउँले ढाकेको ढोरपाटनको मनोहर दृश्यावलोकनका लागी आन्तरिक पर्यटकहरुको चाप निकै बढेको छ । ढोरपाटनमा आवासको राम्रो र यथेस्ट सुविधा दिन सके आन्तरिक एवं बाह्य पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि हुने स्थानीयले बताएका छन् । मौसम अनुसारको सुविधा सम्पन्न आवास र उपयुक्त खानपिनको जोहो गर्न सके स्थानीयबासीको आर्थिकस्तर उकास्न पर्यटन उद्योगले राम्रो सहयोग पुग्ने विश्वास गरिएको छ ।

ढोरपाटनमा यस वर्ष दोश्रो पटक परेको भारी हिमपातले पूरा उपत्यकानै हिउँले ढाकेको छ । यस रमणीय दृश्य हेर्न आन्तरिक पर्यटकहरु लालायित रहेका छन् । हिमपातको मनोरम दृश्यको अवलोकन गर्न ढोरपाटन पुगेका आन्तरिक पर्यटकहरुलाई चीसोले सवारी साधन स्टार्ट नहुँदा र भारी हिमपातले सडक छिचोल्न नसकेर केहि समस्या झेल्नु परेको सहकर्मी ईन्द्र शाहीले जानकारी दिएका छन् ।

हिमपातको लुफ्त उठाउन मोटर साईकल लिएर ढोरपाटन पुगेका गुल्मीका पर्यटकहरु सवारी साधनमा देखिएको समस्याले ढोरपाटनमै बस्नु पर्ने अवस्था आएपछी ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मका सेनाहरुले उनिहरुको उद्दार गरी देउराली सम्म पुयाए पछी उनिहरु गन्तव्व तिर लागेको शाहीले बताए । यस पटकको बाख्लो हिमपातले स्थानीय जनजीवन केहि कष्टकर भएको स्थानीयबासीको कथन छ ।

तस्वीर- ईन्द्र शाही, ढोरपाटन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *