जीपी फाउन्डेशन बागलुङको संयोजकमा कंडेंल चयन !

भरत सापकोटा, बागलुङ २०७५ माघ ११ । जीपी फाउन्डेशन बागलुडको संयोजकमा महेन्द्र प्रसाद कँडेल चयन भएका छन् । कँडेल नेपाल विद्यार्थी संघ बागलुडको पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस बागलुडको युवा नेता हुन ।

फाउन्डेशनको पर्वत जिल्लाको लागि वसन्तबहादुर सिके , म्याग्दी जिल्लाको लागि अजय मिलन श्रेष्ठ र मुस्ताड जिल्लाको लागि गणेश शेरचन संयोजक चयन भएका छन ।

जीपी फाउन्डेशन गण्डकी प्रदेशको संयोजक शारदा पौडेलले ११ वटा जिल्लाको लागि संयोजक तोकेको जानकारी दिए ।

फाउन्डेशनले नेपालको राजनैतिक आन्दोलनमा गिरिजा प्रसाद कोइरालाको योगदान,शान्ति,प्रजातन्त्र र विकासको क्षेत्रमा काम गर्ने बागलुडका संयोजक कँडेलले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.