गल्कोटमा संकलित ६ हजार हस्ताक्षर प्रजिअ मार्फत गृहमन्त्रालय पठाईने !
हटिया कुटपीट घटनाका दोषी प्रहरीमाथी कानूनी प्रकृया अघि बढाउने नागरिक दबाब समूहको निर्णय !

घनश्याम गौतम, गल्कोट २०७५ माघ ११ । गत पुस २९ गते हटिया प्रहरी पोष्टमा कार्यरत ईलाका प्रहरी कार्यालय हरिचौरका ३५ वर्षीय प्रहरी जवान प्रेमसिंह विष्ट र ३० वर्षीय प्रहरी जवान बुद्ध थापाले सामान्य भनाभनमा गल्कोट नगरपालिका- ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई निर्घात कुटपिट गरी गम्भीर घाईते बनाएको घटनाका सम्वन्धमा गम्भीर घाईते भै पोखरामा उपचाररत बस्नेतको उपचार तथा क्षतिपुर्तीको ब्यबस्था गर्न आरोपित प्रहरी जवान व्दय बिष्ट र थापालाई कारबाहीको लागी अदालती प्रक्रिया अघि बढाउने तिलक उप्रेतीको संयोकत्वमा गठित नागरिक दवाब समुहले निर्णय गरेको छ ।

प्रहरीले लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकाले फियो निकालेर पेटमा जम्मा भएको, झण्डै दुई लिटर रगत दिनुपरेकोे र जटिल शल्यक्रिया गर्नुपरेकाले पेटमा ५२ भन्दा बढी टाँका लगाइएको परिवारका सदस्यले केशार बस्नेतले ईबागलुङलाई बताए ।

दबाब समुहका सयोजक उप्रेतीले गल्कोट नगरपालिकामा ६ हजार हस्ताक्षर संकलन भएको जानकारी दिदै शुक्रबार बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल मार्फत उक्त हस्ताक्षर गृह मन्त्रालय पठाउने निणय गरको बताए । माघ ७ गते देखी हस्ताक्षर संकलन अभियानमा जुटेको नागरिक दवाब समुहले आज शुक्रबार बागलुङमा छलफल गर्ने निर्णय गरेको समुहका सचिब हेम बहादुर बुढाथोकीले जनाकारी दिए ।

यसैवीच पीडित बस्नेतको उपचार सगैं पीडकलाई कानुनी कारबाही गर्न जिल्ला अदालतमा मुद्दा दर्ता गरि कानूनी प्रक्रिया अघि बढाउन जिल्ला स्थित सबै राजनैतिक दल, सरोकारवाला ब्यक्ती संग छलफल गर्न सदरमुकाम जान तिलक उप्रेतीकैे सयोजकत्वमा एक अर्को समिति गठन गरिएको गनपा ३ का वडाध्यक्ष वीरजगं भण्डारीले बताए ।

सो समितिको सदस्यहरुमा सुरेन्द्र बम मल्ल, पदम श्रेष्ठ, ढालेन्द्र प्रसाद गौतम, हर्क बहादुर पाण्डे, केशर बस्नेत, गनपा १० बा बडाअध्यक्ष तिलक घर्ती, वडा नम्बर ११ का वडाध्यक्ष डम्मर श्रीस लगाएत रहेका छन् ।

उक्त समितिले जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रहरी उपरिक्षक दीपक रेग्मीसगं समेत छलफल गर्ने समितिका सदस्य हर्क बहादुर पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक रेग्मीका अनुसार आरोपित प्रहरी विष्ट र थापा व्दयलाई निलम्बन गरिएको छ भने निजहरुले पीडित बस्नेतको उपचार खर्च बापत रु ४ लाख उपलब्ध गराएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply