निर्मल पौडेल (एन.पि घायल)का १८ हायकुहरु

कस्तो जिन्दगी
बलेको मैनवत्ती
जस्तो जिन्दगी।
*
सजीव चोला
सागर पुग्दा अन्त्य
वगेको खोला।
*
ज्यून यो भार
पल पल यातना
जिन्दगी छ निस्सार।
*
झगडा किन
एकदिन मर्नु छ
मिलेरै वाँच।
*
विस्तारवादी
कति हो तेरो आफ्नो
समाज वोल्छ।
*
म साँचो वोल्छु
मर्नु परे मरुला
तँ पापी होस।
*
तेरो नियती
पैला पाप गर्ने र
हो मुर्ति पुज्ने।
*
हटेन खै त्यो
पिण्ण खाने वेलामा
नानीको वानी।
*
त्यो तेरो कर्म
गर्दैन कसैलेनी
यो संसारमा॥
*
चाहन्छस् अझ
समाजसेवी बन्ऩ
त्यस्तो पाराले।
*
मनमा धब्बा
मुखले राम नाम
बोल्दै हिँड्छस।
*
कस्तो पो होस् तँ
इतिहास साँची छ
फर्केर हेरे।
*
घुस दिएर
तेरो जागिर खान्ऩ
वस्छु यत्तिकै।
*
नुनको सोझो
गरिनस किन तँ
वर्दि भिरेर।
*
छि तेरो भाषा
घृणागर्छु मैले त
सभ्य बोलन।
*
अर्थविहिन
ऊसको त्यो कलम
हाँसोमा छु म।
*
हर्षमा जन्म्यो
पहिलो सन्तान त्यो
आँसु निम्त्यायो।
*
खोज्दा अस्तित्व
कड्काऊँछ बङ्गरा
पापी मोराले।
**
सञ्चारकर्मी, युवा सर्जक कलाकार
२०७५ माघ ११ ।
कुस्मा, पर्वत

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *