बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा कुनकुन दल स्थानीय तहको चुनाव लड्दै छन् ?

बागलुङ २०७३ चैत ४ । २०७४ साल बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाबाट क्रमश १४, १६, १० र ७ राजनीतिक दलहरुमात्र भाग लिन योग्य ठहरिएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १ सय १३ वटा दलमध्ये उनीहरूले बुझाएको विवरणका आधारमा ७९ दल मात्रै स्थानीय तह निर्वाचनमा भाग लिन योग्य ठहरिएका हुन् ।

निर्वाचन आयोगका अनुसार यहाँ उल्लेखित राजनैतिक दलहरु बाहेकका दलहरुले उमेदवार उठाउनु चाहेमा स्वतन्त्ररुपमा उमेदवारी दिनु पर्ने छ ।

बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा देशभर साढे ३ लाख बढी उम्मेदवार रहने निर्वाचन आयोगरेको पूर्वानुमान छ । एउटा स्थानीय तहमा गाउँपालिका/नगरपालिका प्रमुख र उपप्रमुखका साथै हरेक वडामा एक जना वडाध्यक्ष र अन्य चार सदस्यका लागि निर्वाचन हुनेछ ।निर्वाचनमा नगरपालिकाका प्रमुख उप प्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित झण्डै ३५ हजार जनप्रतिनिधि चयन गर्नेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *