निसीखोलाबाट नेपाली काँग्रेसका १२ र राप्रपाका २ जना नेकपामा प्रवेश !

बुर्तिबाङ २०७५ माघ १० । निसीखोला गाउँपालिकाबाट नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी आज १४ जना नेपाल कम्यिुनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमका अवसरमा १२ जना नेपाली काग्रेस र २ जना राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा ढोरपाटन नगर संयन्त्र सदस्य केशर छन्त्यालले जानकारी दिए ।

छन्त्यालका अनुसार दोर बहादुर सिंह, धनिकला गुरुङ, जगमति भण्डारी, दिलमति गुरुङ, गुञ्जमान गुरुङ,सन्त मगर, जित बहादुर मगर, दुजमान सिंजाली, खड्कलाल सिंजाली, धन बहादुर सिंजाली, ओम बहादुर मल्ल र हेम बहादुर सिंजाली नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् भने खगेन्द्रमान भण्डारी र राम बहादुर विक राप्रपा परित्याग गरि नेकपामा प्रवेश गरेको बताइएको छ ।

कार्यक्रममा बोल्दै नेकपा ढोरपाटन नगर संयन्त्र सदस्य टंक पौडेल र दधिराम अर्यालले नवप्रवेशीहरुलाई नेपाल कम्निष्ट पार्टीको समृद्धिको अभियानमा सामेल हुन पार्टी प्रवेश गरेकोमा धन्यवाद दिएका थिए । ढोरपाटन नगरपालिका प्रमूख एवं नेकपा नगर संयन्त्र सदस्य देवकुमार नेपालीले राष्ट्रको विकास र सम्बृद्धिका लागि नेकपामा गोलबद्ध हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपाका छविलाल कुवरको अध्यक्षता ढोरपाटन नगरपालिका प्रमूख एवं नेकपा नगर संयन्त्र सदस्य देवकुमार नेपालीको प्रमूख आतिथ्यता नेकपा ढनेरपाटन नगर संयन्त्र सदस्य दधिराम अर्याल र टंक पौडेलको विशिष्ट आतिथ्यता र भरत पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.