भीमनिधि तिवारी साहित्य पुरस्कार–२०७३ साहित्यकार रोशनलाई प्रदान !

बागलुङ २०७३ चैत ४ । भीमनिधि तिवारीको १०६औँ जन्मजयन्तीको अवसरमा भीमनिधि तिवारी साहित्य पुरस्कार–२०७३ साहित्यकार काजी रोशनलाई प्रदान गरिएको छ । साहित्यकार रोशनलाई नेपाली साहित्यका विकासमा योगदान पु¥याएको मुल्याङ्गकन गर्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

नेपाल प्राज्ञ प्रतिष्ठिान र भीमनिधि तिवारी साहित्य समितिको संयुक्त आयोजनामा काठमाडौमा आयोजित एक समारोहकाबीच प्राज्ञ कुलपति गंगाप्रसाद उप्रेती र साहित्यकार मदनमणी दिक्षीतले सम्मान गरेका थिए ।

सम्मान ग्रहण पछि साहित्यकार रोशनले पुरस्कारले साहित्यको विकासमा लागि रहन थप उर्जा थपेको बताउदै सम्मान बापत प्राप्त गरेको रकम साहित्य विकासको लागि धौलागिरी साहित्य प्रतिष्ठानमा प्रदान गर्ने घोषण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *