पाकिस्तानी जेलबाट छुटेर, तम्घास झरे यमबहादुर फाटेको झोला भिरेर !

प्रेम सुनार, गुल्मी २०७३ पुस २२ । पाकिस्तानको जेलबाट उद्धार गरिएका गुल्मी बडागाउँ उपल्लो दजाकोटका ३५ वर्षिय यमबहादुर नेपाली अहिले शुक्रवार विहान सदरमुकाम तम्घास आईपुगे ।

उनको उद्धारमा सहयोगी बडागाउँकै श्याम राकसकोटीले उनी तम्घास ओर्लिएको जानकारी दिएपछी बसपार्कमा पुग्दा यमबहादुरले घरबाट लगेको फाटेको झोला भीरेका थिए । पूर्व झापाका सन्तोष लिम्वुले एक लाख खर्चिएर यमबहादुरलाई काठमाडौसम्म त ल्याईदिए तर उनका बाबु अमरबहादुर नेपालीसंग छोरालाई लिन काठमाडौ सम्म जाने खर्च थिएन । यसो उसो ऋणधन गरे उनी काठमाडौ पुगेर छोरालाई लिएर तम्घास आईपुगेका छन् । बिडम्वना अब उनिहरुसं सदरमुकाम तम्घास देखी घर पुग्ने बाटोखर्च छैन ।

पश्चिम गुल्मीका यमबहादुरलाई पूर्वी झापाका सन्तोष लिम्वुले त्यति टाढाबाट त उद्धार गरेर पश्चिमलाई चोट लाग्दा पूर्वलाई दुख्ने सन्देश दिए तर अहिले यमबहादुरलाई बडागाउँ घरसम्म पुग्न खर्च दिने कोहि सहयोगी हुनुहुन्छ कि भनेर खोजी गर्नुपर्ने अवस्था आएको छ ।

यमबहादुर सँगै सोही गाउँका मीनबहादुर सर्तुँगे पनि पाकिस्तानी जेलमा रहेकोले यिनीहरुको उद्धार हुन नसकेको समाचार सर्वप्रर्थम यसै हरफकारले उठान गरेको थियो । मीनबहादुर त यस अघी नै घरमा आएर अर्को घरजम (विवाह) गरेर बसेका छन् । उनकी अघिल्ली श्रीमती श्रीमान पाकिस्तानको जेलमा परेपछी आफनै जेठाजुसंग यौनवासनामा लिप्त भएर हिँडेपछी मीनबहादुरले अर्की श्रीमती भित्राएका थिए ।

तर यमबहादुरकी धर्मपत्नी भने आफनो पतिको रिहाईको कामना गर्दै प्रतिक्षामा बसेकी छिन् र उनको अभिलाषा आज पूरा हुँदै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.