बिहुँ कर्लिम देखी बागलुङ बजार आउँदै गरेको जीप रिठापाटामा दुर्घटना: ४ जना घाईते !

भरत सापकोटा, बागलुङ २०७५ माघ ७ । काठेखोला गाउपालिका- ५ बिहुँ कर्लिमबाट बागलुङ बजार आउदै गरेको जीप दुर्घटना भएको छ । आज बिहान ९ बजेर २० मिनेट जाँदा काठेखोला- ६ रिठापाटामा ग १ ज ६६४६को जीप सडक देखी करीब १० फिट तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकार दिए ।

दुर्घटनामा ४ जना घाईते भएका छन् भने दई जना घाईतेलाई धौलागिरी अन्चल अस्पताल ल्याईपुराई उपचार भैरहेको अस्पताल श्रोतले बतायो । घाईते मध्य १ जना केहि गम्भीर रहेपनि अन्यको अवस्था सामान्य रहेको श्रोतले बतायो ।

काठेखोला गाउपालिका ५ का अध्यक्ष शिव कँडेलले दिएको जानकारी अनुसार दुर्घटनामा परेका चार जना सुमन कँडेल, अर्जुन सुवेदी, सन्तोष कँडेल र सन्दिप सापकोटाको अवस्था सामान्य रहेकोले अस्पतालबाट डिस्चार्ज भैसकेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *