निसीखोला वडा १ र २ मा नेकपाको पार्टी संयन्त्र बैठक सम्पन्न !

झम सिर्पाली, निसीखोला बागलुङ २०७५ माघ ५ । निसीखोला गाउँपालिका वडा नं १ र २ को नेपाल नेकपाको वडास्तरिय पार्टी संयन्त्र बैठक खाडुमा सम्पन्न भएको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपा का गण्डकी प्रदेश संयन्त्र सदस्य प्रेम घर्ती मगरले बोल्दै वडाका संयन्त्रहरुले पार्टी सर्कुलर अनुसार काम गरेर समृद्ध नेपाल सुखि नेपालीको अभियानमा साथ दिन आग्रह गरेका थिए । प्रमुख अतिथीसमेत रहेका घर्ती मगरले पार्टी बलियो बनाउनका लागि स्थानिय संयन्त्रहरु चुस्त हुनुपर्ने भएकाले वडा स्तर देखि नै पार्टी संयन्त्र व्यवस्थित रुपमा चलाउनुपर्ने धारणा समेत व्यक्त गरे ।

गाउँपालिका स्तर र वडा नं १ र २ का पार्टी वडा संयन्त्र सदस्यहरु पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता रहेको उक्त बैठकमा दुबै वडाका वडा संयन्त्र सदस्यहरुले वडाको पार्टी संगठनको अवस्था एवं पार्टी कृयाकलावको बारेमा रिपोर्टिङ गरेका थिए ।

बैठकमा निसीखोला पार्टी संयन्त्र सदस्यहरु, रुद्रप्रसाद पौडेल, भुमिराज घर्तिमगर निसिखोला गाउँपालिका संयन्त्र सद्स्य तथा वडा नं २ का वडाध्यक्ष कुबिर विश्वकर्मा लगायतले बोल्दै निसीखोलामा पार्टीले आफ्नो सम्पुर्ण जनवर्गीय संगठन तथा पार्टी संयन्त्रलाई व्यबस्थित पार्नुका साथसाथै निसीखोला गाउँपालिकाको विकासको क्रियाकलापका लागि प्रतिपक्षको हैसियतमा रचनात्मक भुमिका खेल्नुपर्ने साझा धारणा व्यक्त गरेका थिए ।

बैठक निसीखोला गाउँपालिका वडा नं २ का पार्टी संयन्त्र सदस्य वेग बहादुर कुवँरको अध्यक्षता तथा वडा नं २ पार्टी संयन्त्र सदस्य इद बहादुर रसाईलीको संचालनमा सम्पन्न भएको थियो ।

आजै बैठकले साबिकको देबिस्थान गा। वि। स का सबै वडा अर्थात अहिलेका टोलहरुमा टोल संयन्त्र गठन गर्ने निर्णय समेत गरेको छ । साथै वडा नं ३ को माघ ९ गते बोहरागाउँमा, वडा नं ४ को १० गते कानाबगरमा, वडा नं ५ को ११ गते निसिमा, वडा नं ६ को १२ गते भल्कोटमा र वडा नं ७ को ७ गते राजकुतमा वडा संयन्त्रको बैठक बस्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *