ओमशान्ति बागलुङमा आदिदेव ब्रह्माबाबाको ५०औं स्मृति दिवस सम्पन्न !

बागलुङ, २०७५ माघ ४ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग क्षेत्रिय केन्द्र, बागलुङमा सस्थाका सस्थापक आदिदेव ब्रह्माबाबाको ५०औं स्मृति दिवस एकदिने विश्व शान्ति दिवसको रुपमा राजयोग साधना तथा गहन तपस्याको कार्यक्रम सहित संपन्न भयो ।

सस्थाकी क्षेत्रिय प्रमुख ब्रह्माकुमारी सावित्री दिदीको अध्यक्षता, ब्र.कु स्मृति बहिनीको संचालनमा संपन्न सो कार्यक्रममा सस्थाकी प्रमुख संचालिका ब्रह्माकुमारी सावित्री दिदीले ब्रह्माबाबाको जीवनी, त्याग र उहाँले देखाएको आध्यात्मिक मार्गलाई हामी सवैले पछाउनु पर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा ब्र.कु गीता, ब्र.कु वेद विकल, ब्रकु योगनाथ, ब्रकु कृष्णमणी, ब्रकु फुलमाया ले ब्रह्माबाबाको विषयमा गीत, भजन र मन्तव्य व्यक्त गरेका थिए भने प्रातः ५ बजे देखि साझ ८ बजे सम्म राजयोग साधना र गहन– तपस्याको कार्यक्रममा सस्थाका ६० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *